Lifestyle

कमलको फूलः यी स्थानमा राख्नुहोस्, हुन्छ मनग्यै धनलाभ

Pinterest LinkedIn Tumblr

काठमाडौं । कमलको फूललाई सुन्दरता, ज्ञान र ​​पवित्रताको प्रतीक मानिन्छ । हिन्दू, बौद्ध, जैन, सिख आदि धर्महरूमा यसलाई विशेष महत्वका साथ हेरिन्छ । घरघरमा रहने यस फूलका प्रभावकारीता आजको लेखमा ।

धार्मिक मान्यताः

हिन्दू धर्ममा कमलको फूलको विशेष महत्व छ । यसलाई भगवान शिवजीको प्रिय फूल मानिन्छ । धेरैजसो पूजा र धार्मिक अनुष्ठानमा सृष्टिकर्ता ब्रह्मा र आध्यात्मिकताको प्रतीक कमलको प्रयोग गरिन्छ । सत्यता, शुभ, सौन्दर्य, सान्त्वना, पवित्रता र विचारशीलताको प्रतीक कमललाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ । 

वास्तुशास्त्रमा कमलको फूलः

वास्तुशास्त्रमा कमलको फूललाई सौभाग्य र समृद्धिको प्रतीक मानिन्छ । तामाको भाँडामा कमलको फूल राखि घरको प्रवेशद्वारमा राख्दा यसले धन र समृद्धिलाई आकर्षित गर्ने विश्वास छ । कमलको फूलले हाम्रो मनलाई शान्त राख्नुका साथै जीवनमा सुख समृद्धि ल्याउने जनविश्वास छ । 

कमलको फूल कुन दिशामा राख्ने ?

कमलको फूलका लागि घरको उत्तर दिशा उपयुक्त मानिन्छ । कमलको फूल घरमा राख्दा आर्थिक संकट हट्ने, दु:खबाट मुक्ति मिल्नुका साथै नकारात्मक ऊर्जा हट्छ र सकारात्मक उर्जाको संचार बढ्छ । कमलको फूलभित्र ब्रह्मा र विष्णुजीको बास हुन्छ भनिन्छ, त्यसैले घरमा कमलको बिरुवा रोप्दा सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । साथै हरेक दु:खबाट मुक्ति मिल्छ ।

वास्तुशास्त्र अनुसार कमलको फूल घरको बीच भाग वा ब्रह्मस्थानमा राख्नुपर्छ । स्थानले घरबाट नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जालाई आमन्त्रण गर्ने विश्वास छ । त्यस्तै घर वा अफिसको उत्तर-पूर्वी दिशामा जलपात्र राखि त्यसमा कमलको फूल राख्नु निकै शुभ मानिन्छ । यसरी पानीमा राखेको कमलको फूलले धन आकर्षण गर्ने जनविश्वास छ ।

कमलका फूलहरू सेतो, गुलाबी, सुनौलो र रातो जस्ता विभिन्न रंगहरूमा आउँछन् ।

यसको फूल, पात र बीउ सबैमा विशेष औषधीय गुणहरू छन् । वास्तुअनुसार ब्रह्म कमललाई उपहारको रूपमा किनबेच तथा प्रयोग गर्नु अशुभ मानिन्छ ।

चिनिया वास्तु (फेंगशुई)मा कमलको फूलः

फेंगशुई वास्तुमा कमललाई पवित्रता र नैतिक शक्तिको प्रतिक मानिन्छ । फेंगशुई अनुसार सकारात्मक ऊर्जाका लागि यसलाई घरको प्रवेशद्वारमा राख्न सकिन्छ । कमलको फूल घरमा राख्नाले नकारात्मक ऊर्जालाई नष्ट भइ परिवारमा खुशी छाउँछ । 

आर्युवेदमा कमलको फूलः 

आयुर्वेदमा पनि कमलको विशेष महत्व छ । आयुर्वेदमा कमलको तेल र बीउ आयुर्वेदिक र हर्बल औषधिमा पनि प्रयोग गरिन्छ । कमलको फूलबाट बनेको चिया पिउनाले रक्तचाप नियन्त्रण गर्छ । थकान वा तनाव कम गर्न का साथै दीर्घरोगलाई न्यूनीकरणका लागि समेत प्रयोग गरिन्छ । साथै, कमलको फूलले गठिया र क्यान्सरको न्यूनीकरण समेत गर्ने परम्परागत विश्वास छ ।

 

रंगका आधारमा कमलका विशेषताहरूः

सेतो – सेतो कमलको फूल पवित्रता, सौन्दर्य, धन र ज्ञानको प्रतीक हो ।

गुलाबी – गुलाबी  कमलको फूल आध्यात्मिक यात्रा र ज्ञान  प्रतीक हो ।

पहेँलो – पहेँलो कमलको फूल जिज्ञासा, खुलापन र आतिथ्यताको प्रतीक हो ।

रातो – रातो कमलको फूल करुणा, सहानुभूति र जोशको प्रतीक हो ।

नीलो – नीलो कमलले ज्ञानको प्रतिनिधित्व गर्दछ ।

बैजनी – बैजनी कमल सन्तुलन र ज्ञानको प्रतीक हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It