Featured

कौशलटार प्लटिङका १३ वटा घडेरी बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय जग्गा कित्ताकाटको विषयले उपत्यकाको घरजग्गा बजारलाई अस्तव्यस्त बनाएको छ । घरघडेरी किनबेचलाई लिएर मानिसहरूमा द्विविधा सिर्जना भएको छ । चटक्क मिलेका घरघडेरी पाउन मुस्किल हुँदै गइरहेको छ ।

यसैबीच, कौशलटार प्लटिङमा व्यवसायिक तथा आवासीय दुवै प्रयोजनका लागि उपयुक्त हुने प्लटिङका जग्गाहरू बिक्रीमा छन् ।

भक्तपुरको कौशलटारस्थित हनुमन्ते कोरिडोरमा जम्मा २९ वटा प्लट छन् । जहाँ उत्तर र दक्षिण मोहडा भएका ४ देखि ५ आना ३ पैसा सम्मका जग्गा छन् ।

भक्तपुरको कौशलटारमा १३ प्लट जग्गा बिक्रीमाअरनिको राजमार्गबाट १५० मिटरको दूरीमा रहेको प्लटिङमा प्रवेशका लागि ६० फिट फराकिलो सडकको पहुँच छ । सो सडकसँग जोडिएका १३ वटा प्लटहरू मध्ये ११ प्लट बिक्री भइसकेका छन् भने अब ४ आना १ पैसाका दुईवटा प्लट बिक्री हुन बाँकी छन् । जसको मूल्य ४६ लाख प्रतिआना तोकिएको छ ।

आवासीय तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त प्लटमा २० फिटको पहुँच भएका १६ प्लटहरू रहेका छन् । जसमध्ये ५ प्लट बिक्री भइसकेका छन् भने ११ वटा बिक्री हुन छन् ।

उत्तर मोहडा भएका यी प्लटको मूल्य ४१ लाख प्रतिआना तोकिएको छ । दक्षिण मोहडा भएका प्लटको मूल्य ४२ लाख प्रतिआना तोकिएको छ ।

त्यसैगरी, प्लटमा खुला क्षेत्रका लागि दुईतर्फ ७/७ आना जग्गा समेत छुट्याइएको छ । राजमार्गबाट १५० मिटरको दूरीमा भएकाले प्लटिङमा लगानी गरेर राम्रो फाइदा समेत लिन सकिन्छ ।

भक्तपुरको कौशलटारमा १३ प्लट जग्गा बिक्रीमा‘कौशलटार प्लटिङ’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ । बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It