Luxury Living

पोखराको लेकसाइडमा सुविधासम्पन्न अपार्टमेन्ट बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । पर्यटकीय नगरी पोखरामा सुविधासम्पन्न अपार्टमेन्ट बनिरहेको छ । रियल स्टेट तथा कन्स्ट्रक्सन कम्पनी सीईले पोखराको लेकसाइडमा अत्याधुनिक सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ । लेक भ्यु नामक उक्त अपार्टमेन्टका हरेक युनिट आकर्षक र सुविधासम्पन्न हुनेछन् । 

३ रोपनी ९ आना ३ पैसा २ दाममा निर्माण भइरहेको अपार्टमेन्ट बेसमेन्ट पार्किङ सहित १० तल्लाको हुनेछ । जसमा ४ सय वर्गफिटदेखि १ हजार ५ सय वर्गफिटसम्मका ५६ युनिट अपार्टमेन्ट रहेका छन् । 

लेक भ्युका ४५ युनिट बिक्री भइसकेका छन् । पहिलो र दोस्रो तल्लामा गरि ४ सय देखि ११ सय वर्गफिटसम्मका 1BHK, 2BHK र 3BHK का ११ युनिट अपार्टमेन्ट बिक्री हुन बाँकी छन् । 

यी अपार्टमेन्टहरू केही सेमी फर्निस्ड र केही फुलफर्निस्ड पनि छन् । फुल फर्निस्ड अपार्टमेन्टमा मोड्युलर किचन र त्यहाँ प्रयोग हुने सामान,डाइनिङ सेट, सोफा, बेड, दराज जस्ता सामग्रीहरू उपलब्ध छन् । 

फेवाताल नजिकैको लेक भ्यु अपार्टमेन्टको बार्दलीबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । 

अपार्टमेन्टसँग २४ फिटको फराकिलो सडक पहुँच रहेको छ । निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोग गरिएको हुँदा अपार्टमेन्ट भुकम्प प्रतिरोधात्मक पनि छ ।

यी सुविधासम्पन्न अपार्टमेन्टको मूल्य प्रति वर्गफिट २३ हजार तोकिएको छ ।

सेवा तथा सुविधाः

अपार्टमेन्टमा चौबिसै घण्टा सेक्युरिटी, पर्याप्त पार्किङ लगायत पानी, बत्ती, ढल निकासको राम्रो व्यवस्था छ । 

गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि अपार्टमेन्ट नजिकै थुप्रै विद्यालय र हस्पिटल छन् । अपार्टमेन्ट वरपर ठूला सपिङ मल, बैंक तथा वित्तिय संस्था लगायत आवश्यक सबै चीजहरूको सहज पहुँच रहेको छ । 

साथै, अपार्टमेन्टमा सामुदायिक क्लबहाउस, सामुदायिक हल, अफिस एरिया, २ वटा लिफ्ट, स्वीमिङ पुल, जिम, र बँगैचा रहेको छ । 

‘लेक भ्यु अपार्टमेन्ट’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिको बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It