Luxury Living

सारंगपुर हाइट कोलोनीका आकर्षक घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज स्वच्छ र शान्त वातावरणमा आधुनिक र सुविधा सम्पन्न घर पाउन सजिलो छैन । कंक्रिटले भरिएको शहरमा घरैबाट मनोरम प्रकृति नियाल्न पाउनु त असम्भव जस्तै छ । यसैबीच नागार्जुन सितापाइलामा वडा ५ मा सारंगपुर हाइट कालोनीले आकर्षक शैलीका सुविधासम्पन्न घरहरू ल्याएको छ । 

रिङरोडबाट १.५ किलोमिटरको दूरीमा रहेको सारंगपुर हाइट कोलोनीमा ३ आना २ पैसा देखि ५ आना २ पैसा जग्गामा बनेका ६ वटा घरहरू रहेका छन् । जसमा ३ वटा बङ्लो र ३ वटा डुप्लेक्स सिस्टमका छन् । 

सारंगपुर हाइट कालोनीका आकर्षक घरहरू बिक्रीमा

बङ्लोहरू 4BHK र डुप्लेक्स 6BHK सम्मका छन् । जसमध्ये दुईवटा घरहरू बिक्री भइसकेका छन् भने अब ४ वटा युनिट बिक्रीका लागि बाँकी छन् ।

पूर्व र दक्षिण मोहोडा भएका यहाँका घरसँग १६ फिट सडक जोडिएको छ । घरहरूको बाहिरी टेक्स्चरमा सेतो र खैरो रङ लगाइएको छ भने बाहिरी वालमा सुर्की इँटाको प्रयोग गरिएको छ । 

बङ्लोहरूमा डबल हाइट सिलिङको प्रयोग गरिएको छ । जसले लिभिङ रुम र किचनमा थप आकर्षण बढाएको छ । मोड्युलर किचन, पार्केटिङ र काठको भर्याङले घरलाई अझ आकर्षक बनाएको छ । 

गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरि बनाइएका यी घरहरू भुकम्प प्रतिरोधात्मक छन् । 

सारंगपुर हाइट कालोनीका आकर्षक घरहरू बिक्रीमा

अग्लो ठाउँमा अवस्थित यस कोलोनीबाट प्रकृतिको मनोरम दृश्यका साथ स्वच्छ र चिसो हावापानीको मजा लिन सकिन्छ ।

कोलोनीका यी घरहरूमा बोरिङको पानी, बत्ती, ढल निकास आदिको राम्रो व्यवस्था गरिएको छ । 

शिक्षा, स्वास्थ्य जस्ता सुविधाका लागि पनि चिन्ता लिनु पर्दैन । कोलोनीबाट छोटो दूरीमा मनमोहन हस्पिटल र ज्योति एकेडेमी, निर्वाणा एकेडेमी जस्ता स्वास्थ्य तथा शैक्षिक संस्थाहरू छन् ।

सारंगपुर हाइट कालोनीका आकर्षक घरहरू बिक्रीमा

कोलोनी, रिङरोडबाट १.५ किलोमिटरको दूरीमा रहेकाले उपत्यका भित्र र बाहिर यात्रा गर्नका लागि सहज छ । त्यस्तै कोलोनीका प्रत्येक घरमा एउटा गाडी र दुई देखि तीन वटासम्म बाइक पार्किङ गर्न सकिन्छ । यी सेमि-फर्निस्ड घरको मूल्य प्रतियुनिट ३ करोड १५ लाख रुपैयाँ तोकिएको छ ।

सारंगपुर हाइट कोलोनी र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It