Property

बौद्ध स्तूप नजिकै आकर्षक घर बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । के तपाईं कम्युनिटी बेस्ड आवासीय घरको खोजीमा हुनुहुन्छ ! त्यसो हो भने विलासी जीवनशैली रुचाउनेहरूका लागि हिमालयन लक्जरी होम्सले बौद्धमा आकर्षक र सुविधासम्पन्न घरहरू ल्याएको छ । 

काठमाडौंको बौद्धमा अवस्थित हिमालयन लक्जरी होम एक गेटेड कोलोनी हो । जुन बौद्ध स्तूपबाट करिब ५ देखि १० मिनेट पैदल दूरीमा रहेको छ । ५ रोपनी जग्गामा फैलिएको कोलोनीका घरमा आधुनिक हिमालयन थिम आर्किटेक्चरको प्रयोग गरी निर्माण गरिएको छ ।

जग्गाको आकार र प्रकृतिअनुसार निर्माण गरिएका कोलोनीमा १३ वटा घरहरू छन् । जसमध्ये १२ वटा घरहरू बिक्री भइसकेका छन् भने अब एउटा घर मात्र बिक्री हुन बाँकी छ ।

बौद्धमा साढे दुईं तल्ले घर बिक्रीमा उत्तरी मोहडा भएको प्लट नं. १२. को यो घर ४ आना (१३१ वर्ग मिटर) जग्गामा बनेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो घर साढे दुई तल्लाको छ । 

4BHK यो घरमा भुईँ तल्लामा एक/एक वटा बैठक कोठा, किचन, बेडरुम र बाथरुम छन् । पहिलो तल्लामा तीन वटा बेडरुम र एउटा अट्याच र एउटा साझा गरी दुईवटा बाथरुम छन् ।

त्यस्तै माथिल्लो तल्लामा १२/७ को एउटा कोठा रहेको छ । सेमिफर्निस्ड घरमा काठको भर्याङ, मोड्युलर किचन फराकिलो लिभिङ र डाइनिङ हल रहेको छ ।

बौद्धमा साढे दुईं तल्ले घर बिक्रीमाघरमा खानेपानी, बिजुली र ढल निकासका सबै आधारभूत सुविधाहरू राम्रो व्यवस्था गरिएको छ । जेभियर कलेज, बज्र इन्टरनेसनल कलेज र अन्य नाम चलेका शैक्षिक संस्थाहरू नजिकै छन् । त्यस्तै, स्वास्थ्य सुविधाका लागि कोलोनी नजिकै स्तूपा कम्युनिटी लगायत थुप्रै हस्पिटलहरू रहेका छन् ।

यातायात तथा सडक सुविधाको कुरा गर्नुपर्दा कोलोनीबाट नजिकमा चाबहिल-जोरपाटी सडक छ । कोलोनी प्रवेशका लागि १३ फिटको सडकको पहुँच रहेको छ । र कोलोनीका घरमा एउटा गाडी पार्किङ छुट्याइएको छ । पारिवारिक जमघट वा कुनै विशेष अवसरमा भने कोलोनीभित्रको २० फिटको सडकमा पनि पार्किङ गर्न सकिने सुविधा छ ।

शान्त वातावरणमा रहेको सुविधासम्पन्न घरको मूल्य ३ करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।

बौद्धमा साढे दुईं तल्ले घर बिक्रीमा‘हिमालयन लक्जरी होम्स’का आवासीय घर र बसोबासमा लिस्टिङ भएका प्रपर्टिको बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It