Dictionary

कस्तो हुन्छ, ‘गेटेड कम्युनिटी हाउजिङ’? 

Pinterest LinkedIn Tumblr

काठमाडौं । गेटेड कोलोनि अर्थात् गेटेड कम्युनिटी एक सुरक्षित हाउजिङ विकास परियोजना हो । जसको सुरुवात सन् १९४९ मा अमेरिकाको फ्लोरिडाबाट भएको थियो । अमेरिकामा काम गर्दै आएका अफ्रिकी प्रोफेसनलहरूले विभेदपूर्ण व्यवहारको सामना गर्नु परेपछि उनीहरूका लागि छुट्टै कम्युनिटी निर्माण गरिएको थियो ।

पहिलोपटक हाइल्यान्डको समुद्री तटमा विकास गरिएको उक्त हाउजिङ आर्थिक र सामाजिक रुपमा सुरक्षित आवासको उदाहरण साबित भयो । 

चौबीसै घण्टा सुरक्षाकर्मी, क्लब हाउस, स्विमिङ पुल, सामुदायिक हल, खेल मैदान, खेलकुद क्लब लगायतका सुविधा हाउजिङभित्रै पाएपछि बाहिरी दुनियाँको व्यवहारले हस्तक्षेप गर्ने अवस्था नै सिर्जना हुँदैन ।

सुरक्षा, गोपनीयता र विशिष्टताका दृष्टीकोणले निर्धक्क हुन सकिने हुँदा संसारभरी नै गेटेड कम्युनिटीप्रति आकर्षण बढ्न थाल्यो ।

१९९७ सम्ममा भएका २० हजार गेटेड कम्युनिटीमा  ३० लाख घरहरू निर्माण भएका थिए । बीसौं शताब्दीबाट यसको लोकप्रियता झन बढ्दै गयो । 

हाल नेपालमा पनि गेटेड कम्युनिटी हाउजिङको अवधारणा नयाँ देखिएको छ । खासगरी काठमाडौं उपत्यकाभित्र यसको लोकप्रियता बढेको छ ।

सामान्यतया गेटेड कम्युनिटीलाई तीन वर्गमा विभाजन गरेर हेर्ने गरिन्छः
  • साधारण गेटेड समुदायः यस प्रकारको कम्युनिटीमा एउटा मुख्य गेटभित्र घरहरू रहेका हुन्छन् । जहाँ थप कुनै सेवा सुविधाहरू हुदैनन् । 
  • मध्यम गेडेड समुदायः यस प्रकारको कम्युनिटीमा सेक्युरिटी गार्ड, सिसिटीभी, खेल मैदान लगायतका अत्यावश्यक सेवा सुविधाहरू उपलब्ध हुन्छन् । 
  • प्रिमियम गेटेड कम्युनिटीः यस प्रकारको गेटेड कम्युनिटीमा रेस्टुरेन्टहरू, क्याफेहरू, ग्रोसरी मार्ट, खेल मैदान, स्पा, क्लिनिकहरू आदि हुनेछ । त्यस्तै, भ्यालेट पार्किङ अर्थात् कर्मचारीद्वारा पाहुनाको गाडी पार्किङ, निजी स्विमिङ पूल र व्यक्तिगत लिफ्टहरू उपलब्ध हुनेछन् । 
गेटेड कम्युनिटी हाउजिङका विशेषताहरूः

पहुँचमा नियन्त्रणः सुरक्षागार्डले अनुमति नदिएसम्म हाउजिङभित्र प्रवेश गर्न सकिँदैन । आधारभूत प्रमाणिकरण पश्चातमात्रै प्रवेश अनुमति दिइन्छ । जसले गर्दा अनधिकृत व्यक्तिबाट हाउजिङमा पर्नसक्ने हानी कम हुन्छ ।

उच्च सुरक्षाः सुरक्षागार्ड, सिसिटिभी परिचालन गरी सुरक्षा निगरानीलाई कडा पारिएको हुन्छ । जसले गर्दा झैझगडा, अपराधजन्य कुनैपनि गतिविधी हुन पाउँदैन । 

गोपनियताः हाउजिङभित्र नियन्त्रित पहुँच हुने हुँदा सीमित पाहुनाहरू मात्रै आउनसक्छन् । यसकारण हाउजिङमा गोपनीयता उच्च रहन्छ ।  

सुविधाहरूः हाउजिङभित्रै पार्क, खेल मैदान, स्विमिङ पुल, जिम, र क्लबहाउस जस्ता विशेष सुविधाहरू उपलब्ध हुन्छन् । यी सुविधाहरू सुव्यवस्थित हुन्छन्, जसको उपयोग हाउजिङभित्रका बासिन्दालाई मात्रै हुन्छ ।

कम्युनिटी स्ट्यान्डर्डः हाउजिङभित्र बासिन्दाहरूको एउटा संघ गठन गरिएको हुन्छ । जसले बनाएको नियम र मापदण्डअनुसार चल्नुपर्ने हुन्छ । यस्ता मापदण्डले हाउजिङभित्र कति होहल्लालाई स्वभाविक मान्ने, आर्किटेक्चरल डिजाइन कस्तो हुनुपर्ने जस्ता कुराहरू समेत समेटिएको हुन्छ । जसले कम्युनिटीको स्ट्यान्डर्डलाई जोगाइराख्छ ।

सीमित ट्राफिक माध्यमः हाउजिङभित्रका कम थ्रु-रोडहरूले ट्राफिक र आवाजको स्तर घटाउँछन् । यसले शान्त वातावरण सिर्जना गर्न सक्छ ।

सम्पत्ति मूल्यः अन्य हाउजिङमा भन्दा कम्युनिटी हाउजिङका घरहरूको मूल्य उच्च मापन हुन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It