Dictionary

के हो त ओपन हाउस (OPEN HOUSE)?

Pinterest LinkedIn Tumblr

ओपन हाउस भनेको केहि निस्चित समयका लागि कुनै पनि घर वा भवनका सम्भावित खरिददारका लागि देखाउन आयोजना गरिएको एउटा कार्यक्रम हो। ओपन हाउस शब्द स्वयमलाई पनि रियल स्टेट शब्दसगँ दाज्न सकिन्छ। प्राय ओपन हाउस कार्यक्रमहरु विक्रेताले आफ्नो अचल सम्पति विक्रिमा राखी विज्ञापन गर्ने एउटा मचं हो।

ओपन हाउस कार्यक्रम प्राय हप्ता हप्ता, महिना महिनामा विभिन्न रियल स्टेट कम्पनी द्वारा आयोजना भइरहेका हुन्छन्। ओपन हाउस कार्यक्रमले खरिददार र विक्रेतामा छुट्टै उत्साह दिलाउछ। एस्ता ओपन हाउस कार्यक्रमले घर तथा भवन प्रदर्शनमा राख्ने मौका खरिददारलाई दिन्छ भने विक्रेताले पनि नयाँ नयाँ घरहरु अवलोकन गर्नृे मोैका पाउछन्।

ओपन हाउस कार्यक्रमका केहि फाइदाहरुः

१. घर तथा भवन खरिद गर्न इच्छुक ग्राहकलाई आकर्शण प्रदान गर्छ।

२. राम्रो तरिकाले निष्पादित कार्यक्रमले सम्भावित खरिददार फेला पार्न मद्दत गर्छ।

३. विक्रि गर्न नसकेपनि, ओपन हाउस कार्यक्रम लाभदाहीनै हुन्छ। अवलोकन गर्न आएकाहरुको सल्लाह सुझाव सधै उपयोगी हुन्छ।

४. यस्ता कार्यक्रमले रियल स्टेट व्यापारमा लागेकाहरुलाई बजारमा खुला रुपमा प्रस्तुत गर्न पनि सहयोग गर्छ।

यी हुन् ओपन हाउसका केहि फाइदाहरु। अव ओपन हाउसका प्रकारहरुका बारेमा पनि बुझिहालौ।

एउटा हुन्छ खुला ओपन हाउस जसलाई सार्वजनिक ओपन हाउस पनि भनिन्छ। यस्तो किसिमको ओपन हाउस कार्यक्रममा जो पनि सहभागि हुन पाउछन र घरहरु अवलोकन तथा खरिद गर्न पाउछन्।

अर्को किसिमको ओपन हाउस भने रियल स्टेट प्रतिनिधिका लागि मात्र भनि आयोजना भएको हुन्छ। यस्ता ओपन हाउस कार्यक्रम रियल स्टेट व्यवसायीका लागि भनि राखिएको हुन्छ जस्मा व्यवसायीहरु घर तथा भवनको मूल्य निर्धारण गर्छन्। यसरी निर्धारण गरिएको मूल्य अनुरुप ती व्यवसायीहरु आ आफ्ना ग्राहकहरुमाँझ विक्रिका लागि घरहरु प्रदर्शनमा राख्छन्।

ओपन हाउस कार्यक्रम सुन्दा र पढ्दा जति रमाइलो छ, आयोजना गर्न त्यो भन्दा कैयौ गुना बढी झनझटिलो छ। कार्यक्रम भरि घर हेर्न आएकाहरुलाई खुला रुपले घर हेर्न दिनु पर्ने हुन्छ। फेरि घरका मालिकले भित्तामा टागिंएको फाटोहरु पनि हटाउन पर्ने हुन्छ। घर हेर्न आएकाले, सो घर आफू बसेकै जसरी हेर्न पाउनु भएकाले थुप्रै औपचाकिता, घर मालिकले अपनाउनु पर्ने हुन्छ। तेसैले पनि यस्ता कार्यक्रममा खुला रुपमा सहभागिता भएको भने पाइन्न।

प्राय ओपन हाउस कार्यक्रम हुनु अघिनै ती घरहरु वेबमा र सामाजिक संजालहरुमा पोस्ट भइसकेका हुन्छन्। ओपन हाउस कार्यक्रमले खरिददार र विक्रेतालाई आम्ने साम्ने भई वारतलाव गर्ने अवसर दिलाउछ। ओपन हाउस कार्यक्रमले पक्कै पनि रियल स्टेट व्यवसायीहरुलाई बजारमा प्रस्तुत हुन निकै सहयोग पु¥याउँछ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It