Dictionary

के हो हालसाबिक ! बिना हालसाबिक जग्गा किनबेच गर्न पाइन्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनै समय खाली नै रहेका जग्गाहरूमा समयसँगै सडक, भवनलगायत विभिन्न संरचना बनिरहेका हुन्छन् । अथवा खेतियोग्य जमिन फरक प्रयोजनका लागि टुक्र्याएर प्लटिङ गरिन्छन् । यस्तोमा कित्ताकाट हुन बाँकी रहेका जग्गा केकति छ भनेर पत्ता लगाउन नयाँ नापी प्रकृया अघि बढाइन्छ ।

खाली जग्गाको नाप नक्सा यकिन गरी त्यस अनुसारको स्रेस्ता तयार हुन्छ । त्यसलाई फिल्ड बुक भनिन्छ । यसरी जग्गाधनी पुर्जामा भएजस्तै हाल हकभोग गरेको जग्गा छ वा छैन भनी नयाँ नापी अनुसारको स्रेस्ता कायम गर्नु हालसाबिक हो ।

नेपालमा नापजाँच ऐन २०१९ बमोजिम वि.सं २०२१ मा पहिलोपटक जग्गाहरूको नापी गर्ने कार्यको सुरुवात भएको पाइन्छ । त्यतिबेला नापी विभागलाई बस्ती बसेको क्षेत्रको मात्रै जग्गा नापजाँच गर्ने भन्ने आदेश थियो । तर नापजाँच गर्ने जनशक्ति, नापजाँचको प्रविधि, यन्त्र–उपकरण, जनशक्तिको प्राविधिक ज्ञान कम थियो । 

२०२१ मा हदबन्दी समेत तोकेर भूमिसम्बन्धी ऐन लागू भयो । तर कसको नाममा कति जग्गा छ भन्ने प्रारम्भिक तथ्याङ्क थिएन । त्यसयता धेरै भौतिक संरचनाहरू निर्माण भएका छन् ।

जग्गाको अपडेटेड विवरण राख्नको लागि नयाँ नापी आवश्यक भएकोले हरेक २० वर्षमा नयाँ नापी गर्नुपर्ने व्यवस्था कानुनमा छ । 

हालसाबिक कसरी गरिन्छ?

नेपालको कानूनले जग्गाको नाप जाँच गर्न फिल्डमा जाँदा जे छ जमिनको हालको अवस्था, जे-जे देखाइयो त्यो हुबहु टिपोट गरेर नक्सांकन गर्ने भन्ने प्रावधान राखेको छ, तर यो नै अन्तिम भने हुँदैन । सम्बन्धित नापी कार्यालयले कुनै पनि वडाको जग्गा सम्बन्धित वडाका प्रतिनिधि, जग्गाधनी साँध-सँधियार आदिको उपस्थितिमा नापजाँच गर्छन् । 

नापी कार्यालयको नाप जाँचबाट आएको विवरण, कायम भएको कित्ता नम्बर, चार किल्लाको विवरण सम्बन्धित  व्यक्तिलाई जानकारी गराइन्छ । नयाँ नाप जाँचमा कसैको दाबी, गुनासो भए सम्पर्क गर्न ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिन्छ । 

उक्त समयमा जग्गाका साँध-सँधियारबाट जग्गा नपुगेको वा आफ्नो जग्गा अर्काकोमा परेको केही उजुरी, गुनासो नआए नाप जाँच ऐन २०१९ र नियमावली २०५८ मा व्यवस्था भएअनुसार नापी कार्यालयमा सोही नाप जाँच विवरण दर्ता गरिन्छ र मालपोतमा जग्गाको नयाँ स्रेस्ता कायम गरिन्छ ।

हालसाबिक नभएको जग्गाको लिखत पारित गर्नका लागि प्रकृया नै अघि बढ्दैन । हालसाविक अघि पुरानो नक्सा नै कायम भएको हुन्छ । नयाँ प्रविधिको प्रयोग गरी नापजाँच भएपछि मात्र नयाँ नक्सा बन्ने हुँदा हालसाविक अघि जग्गाको नक्सा कायम भएको हुँदैन ।

हालसाविक निवेदनको ढाँचा

Land Ownership Verification

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

 

प्रतिक्रिया दिनुहोस्
Pin It