Dictionary

के हो ओपन हाउस ? यस्ता छन् ओपन हाउसका फाइदा

'ओपन हाउस' घरधनी, घरजग्गा व्यवसायी तथा डेभलपरका लागि प्रपर्टी बिक्रीमा राखी विज्ञापन गर्ने एउटा उपयुक्त मञ्च पनि हो । सुनियोजितओपन हाउस कार्यक्रमले सम्भावित खरिददारलाई प्रपर्टी खरिदको निर्णय गर्न सघाउँछ ।
Pinterest LinkedIn Tumblr

काठमाडौं । ओपन हाउस भनेको निश्चित समय छुट्याएर सम्भावित खरिददारलाई घर तथा भवनका देखाउनका लागि आयोजना गरिने कार्यक्रम हो । ओपन हाउस घरधनी, घरजग्गा व्यवसायी तथा डेभलपरका लागि प्रपर्टी बिक्रीमा राखी विज्ञापन गर्ने एउटा मञ्च पनि हो ।

ओपन हाउसले कसरी काम गर्छ ?

ओपन हाउस कार्यक्रमले बिक्रेतालाई घर तथा भवन प्रदर्शनमा राख्ने मौका दिन्छ भने घर किन्ने सोच बनाएका मानिसलाई नयाँ-नयाँ घरहरू अवलोकन गर्ने मौका दिन्छ । यसकारण ओपन हाउस कार्यक्रमलाई लिएर खरिददार र बिक्रेता दुवै उत्साहित हुन्छन् ।

How open house works?घरजग्गा बजारमा सँधै घरको किनबेच एकै किसिमको हुँदैन । किनकी हरेक घरका विशेषता, त्यहाँको छरछिमेक र बाह्य वातावरण पनि भिन्न हुन्छ । यसोहुँदा ओपन हाउसमा घरधनी तथा व्यवसायीले आफ्ना सम्भावित खरिदकर्तालाई फुर्सद निकालेर मजाले प्रपर्टी अवलोकन गर्ने मौका दिन्छन् । 

सेवाग्राहीको मागलाई सुरक्षित गरेर उनीहरूले प्रपर्टीमा देखाएको रुचि सुरक्षित गर्नु ओपन हाउसको उद्देश्य हुन्छ । ओपन हाउसले सम्भावित खरिददारकर्तालाई प्रपर्टीको प्रत्यक्ष अवलोकनको अवसर दिन्छ, जसले गर्दा पटकपटक एजेन्टसँग भेटीरहनुपर्ने झन्झट रहँदैन ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, प्रायजसो ओपन हाउस कार्यक्रमहरू शनिबारको दिन आयोजना गरिन्छन् । कार्यक्रम स्थलमा एजेन्टहरूले प्रपर्टीको विज्ञापनका खातिर सानदार ब्यानर सजाएका हुन्छन् । र सम्भावित खरिदकर्ता आकर्षित हुनेगरी प्रपर्टी प्रदर्शन गर्छन् । साथै, सहजताका लागि धेरैजसो ओपन हाउसमा खाजा नास्ताको पनि व्यवस्था गरिएको हुन्छ ।

ओपन हाउस आयोजना गर्दा के फाइदा हुन्छ ?

घर बेच्नका लागि ओपन हाउसले प्रपर्टीमा इच्छुक खरीददारलाई आकर्षित गर्ने अवसर प्रदान गर्दछ । सुनियोजित ओपन हाउस कार्यक्रमले सम्भावित खरिददारलाई प्रपर्टी खरिदको निर्णय गर्न सघाउँछ । धेरैजसो घरजग्गा व्यवसायीले आफ्ना ग्राहकलाई सम्पत्ति बिक्रीका लागि ओपन हाउस आयोजना गर्न सुझाउँछन् ।  

ओपन हाउसका क्रममा घर बिक्री हुने छाँट देखिएन भनेपनि कम्तिमा सम्भावित खरिदकर्ताको रुचि बुझ्ने मौका मिल्छ । उनीहरूसँगको अन्तरक्रियाले घर बेच्ने प्रकृयामा आउने रुकावटबारे व्यवसायीलाई सचेत गराउन सक्छ । र सामान्य हेरफेरबाट नै खरिदकर्तालाई आकर्षित गर्न सकिने भएमा प्रपर्टिको राम्रो मूल्यांकन समेत हुनसक्ने सम्भावना हुन्छ ।

बसोबास नेपालले आयोजना गर्ने विशेष ओपन हाउस कार्यक्रमबारे जान्नका लागि ९८०१०३८८३५ र ९८०२३४७२६८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It