Commercial

अत्याधुनिक सुविधासम्पन्न कम्प्लेक्समा फुल फर्निस्ड अफिस स्पेस भाडामा

Pinterest LinkedIn Tumblr

काठमाडौं । के तपाईं व्यवसाय सञ्चालनका लागि प्राइम लोकेसनमा अफिस स्पेस खोज्दै हुनुहुन्छ ! यदि त्यसो हो भने, झम्सिखेलस्थित टि डी आर मुक्त्ति कम्प्लेक्समा आधुनिक सुविधासम्पन्न अफिस स्पेस भाडामा उपलब्ध छन् ।

झम्सिखेलस्थित साझा प्रकाशनको विपरित दिशामा एउटा ६ तला र अर्को ३ तलाका दुईवटा भवनहरू छन् । करिब २१ आना जग्गामा बनेको यी भवनहरूमा एउटामा करिब १६ हजार ३ सय वर्गफिट र अर्कोमा करिब १२ हजार ७ सय वर्ग फिट अफिस स्पेस उपलब्ध छ । 

जसमा पहिलो भवनको ग्राउन्ड फ्लोरमा मुख्य रिसेप्सन, ८० सिट क्षमताको बैठक रुम, दुईवटा १० सिट क्षमताका साना बैठक कोठा, एउटा क्यान्टिन र एउटा बाथरूम रहेको छ । त्यसैगरी पहिलो तलामा सानो पेन्ट्री, स्टेशनरी एरिया, २० सिट क्षमताको कार्यक्षेत्र (work area), ६ र १० वटा सिट क्षमताको बैठक कोठाका साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै बाथरूम छ ।दोस्रो तलामा ४० सिट क्षमताको कार्यक्षेत्र (work area), नेटवर्क विभाग हल, ६ र १२ वटा सिट क्षमताका बैठक कोठाका साथै  महिला र पुरुषका लागि छुट्टाछुट्टै बाथरूम छ । 

तेस्रो तलामा  १२ वटा सिट क्षमताको एच आर डिपार्टमेन्ट, ३० वटा सिट क्षमताको कार्यक्षेत्र (work area), ६ र १२ वटा सिट क्षमताका बैठक कोठा, प्यान्ट्री, स्टोर रुमका साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै बाथरूम छ । 

चौथो तल्लामा १२ वटा सिट क्षमताको वित्तिय विभाग(Finance department), सीईओ रुम, १० सिटको कार्यक्षेत्र (work area), १२ सिटको बैठक कोठा, , प्यान्ट्रीका साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै बाथरूम छ । 

‍दोस्रो भवनको ग्राउन्ड फ्लोरमा आउटडोर स्मोकिङ एरिया, ४० सिटको क्याफेटेरिया, भिआइपी डाइनिङ एरिया, पाँच-तारे किचन सेटअप, पहिलो तला र दोस्रो तलामा १० सिटको नेटवर्क मिटिङ रुम,  ६० सिटको कार्यक्षेत्र (work area), पेन्ट्री र स्टोर रुम छ ।  

यी भवनहरू पूर्ण सुसज्जित(fully furnished) छन् । यी अफिस स्पेसमा फर्निसिङका लागि मात्र करिब १० करोड खर्च गरिएको छ । 

उत्तरी मोहडा भएको यस भवन ३५ फिट फराकिलो सडकसँग जोडिएको छ । भवनमा २५ वटा गाडी र १ सय ५० भन्दा बढि बाइक अट्ने बेसमेन्ट पार्किङ उपलब्ध छ ।   

Fully furnished office space is available for rentयस भवनमा चौबीसै घण्टा सेक्युरिटी गार्ड, पानी, बिजुली ब्याकअप ,ढल निकासको उचित व्यवस्थापन जस्ता सुविधाहरू उपलब्ध छन् । त्यस्तै, १० जना भन्दा बढि क्षमताका दुईवटा लिफ्ट, सिसिटिभी, प्रत्येक तलामा फायर हाइड्रन्ट र स्मोक डिडेक्टरको व्यवस्था गरिएको छ । 

भवनबाट नजिकै थुप्रै नाम चलेका बैंकहरू पनि छन् । उपत्यकाका अन्य मुख्य व्यवसायिक क्षेत्रमा आवतजावतका लागि सहज छ । 

Fully furnished office space is available for rent

आधुनिक वास्तुकलाले भरिपूर्ण व्यवसायिक भवन निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । जसले भवनलाई भुकम्प प्रतिरोधात्मक बनाइएको छ । 

अत्यावश्यक सुविधासम्पन्न व्यवसायिक स्पेसको भाडा अगाडिको भवनका लागि प्रति वर्गफिट १ सय ८० रुपैयाँ र पछाडिको भवनका लागि प्रतिवर्गफिट १ सय १५ रुपैयाँ तोकिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It