Finance

८ खर्ब ओगटेको निर्माण क्षेत्र सुस्ताउँदा अर्थतन्त्रमा गहिरो प्रभाव

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासिकसम्म निर्माण, उत्पादन र थोक तथा खुद्रा व्यापार क्षेत्र ऋणात्मक देखिएको छ । जसमा निर्माण क्षेत्रको आर्थिक वृद्धिदर २.६ प्रतिशतले ऋणात्मक  देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

नेपालको अर्थतन्त्रमा ८ खर्ब ओगटेको निर्माण क्षेत्र पछिल्ला चौमासिकहरूमा ऋणात्मक देखिएको मध्ये प्रमुख क्षेत्र हो ।

विगत डेढ वर्षमा भएको कोरोना महामारी, मूल्यवृद्धि र बैंकहरूले लोनमा कडाइ गरिदिँदा निर्माण गतिविधिमा कमी आएको हो । त्यतिमात्रै नभएर निर्वाचनका कारण पनि निर्माण क्षेत्रमा केही हदसम्म असर पुग्यो । 

कोरोनाका कारण दुई वर्षसम्म निर्माणसम्बन्धी परियोजना अवरूद्ध भए । जसले गर्दा निर्माण गतिविधिमा ७० प्रतिशतसम्म कमी आएको निर्माण व्यवसायी महासङ्घको ठम्याइ छ । 

समयमा पुरा नभएका निर्माण आयोजनाहरूलाई चार महिनामा ३० प्रतिशत सम्म काम सक्ने सर्तमा म्याद थप गर्यो । तर सोही समयमा क्रसर बन्द भएपछि लक्ष्यअनुसार काम हुन सकेन । फलस्वरुप सरकारबाट भुक्तानी नपाएको निर्माण व्यवसायीहरूको गुनासो छ । 

महासङ्घका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले निजी निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम एक खर्ब भन्दा बढी भइसकेको छ ।

निर्माण कार्य कम हुँदा यसका लागि प्रयोग हुने सामग्रीहरूको माग र उत्पादन दुवै घट्यो । जसले गर्दा फलाम तथा स्टिल जन्य उत्पादनमा पनि कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It