Commercial

अत्याधुनिक सुविधासम्पन्न प्लाजामा ५ वटा अफिस स्पेस बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज व्यवसायिक प्रयोजनका लागि प्राइम मानिने क्षेत्रमा उपयुक्त स्पेस भेट्न सजिलो छैन । त्यसमाथि सडक, पानी, बत्ती जस्ता आधारभूत सुविधा पाउन झनै मुस्किल हुन्छ । यस्तोमा लोकप्रिय रियल ईस्टेट कम्पनी सीईले भोटेबहालमा गज्जबको व्यवसायिक स्पेश ल्याएको छ । 

काठमाडौंको भोटेबहालस्थित सिद्धि गणेश होटल अगाडिको निर्माणाधीन छ तले प्लाजामा पसल, कार्यालयसँगै त्यहीँ बस्न मिल्ने अपार्टमेन्टको व्यवस्था गरिएको छ ।

मुख्य व्यापारिक क्षेत्रमा सुविधासम्पन्न व्यवसायिक भवन निर्माण गर्ने उद्देश्यले सीईले यो परियोजना ल्याएको हो । 

भोटेबहाल प्लाजामा सुविधासम्पन्न अफिस स्पेस बिक्रीमा३४ आना जग्गामा बनेको भोटेबहाल प्लाजामा पसल, अफिस, अपार्टमेन्ट लगायतका सुविधा एउटै छानामुनि उपलब्ध हुनेछन् । 

पूर्वी मोहडा भएको प्लाजाको ग्राउन्ड फ्लोर, पहिलो तल्ला र दोस्रो तल्ला पसलका लागि छुट्याइएको छ । तेस्रोदेखि पाँचौं तल्ला अफिस स्पेसका लागि छुट्याइएको छ भने छैठौं तल्ला अपार्टमेन्टका लागि छुट्याइएको छ ।

प्लाजामा रहेका जम्मा ८८ युनिटमध्ये ८३ वटा युनिट बिक्री भइसकेका छन् । हाल तेस्रो र पाँचौं तल्लाका २७४ वर्गफिट देखि ६७४ वर्गफिट सम्मका ५ युनिट अफिस स्पेस बिक्री हुन बाँकी छन् ।

गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको प्लाजा भुकम्प प्रतिरोधात्मक भएको निर्माण कम्पनीले जनाएको छ ।

भोटेबहाल प्लाजामा सुविधासम्पन्न अफिस स्पेस बिक्रीमा२० फिट फराकिलो सडकसँग जोडिएको प्लाजामा १६ वटा गाडी र केही पार्किङ गर्न सकिन्छ । साथै लिफ्ट, पावर ब्याकअप, चौबिसै घण्टा पानी, बत्ती, सेक्युरिटीलगायत अत्याधुनिक सुविधाको व्यवस्था गरिएको छ ।

प्लाजाका अफिस स्पेसको मूल्य करिब ९६ लाख १८ हजार देखि २ करोड ६९ लाख रुपैयाँ तोकिएको छ । 

‘भोटेबहाल प्लाजा’का अफिस स्पेश र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It