काठमाडौं । यस साता घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा ३२ भन्दा बढि प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय प्रपर्टीमध्येबाट आकर्षक डिजाइनका प्रपर्टिहरूको संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छः
१. शितल हाइट, इमाडोलस्थित ४ आना २ पैसा जग्गामा बनेको आवासीय घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको अढाईतले घरमा ६ बेडरूम, दुई बैठक रुम र ४ वटा बाथरूम छन् । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा २ वटा गाडी पर्किङ गर्न सकिन्छ । यस घरको मूल्य ५ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
२. शितल हाइट, इमाडोलस्थित ४ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडाको यस घरका कोठाहरू उज्यालो र घमाइला छन् । यस घरको 4BHK(बेडरुम, हल, किचन) मा आफू बस्न र भुईंतला 2BHK भाडामा लगाउन सकिन्छ । घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
३. शितल हाइटस्थित ६ आना जग्गामा बनेको आवासीय घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडाको यस घरमा ६ वटा बेडरुम, २ वटा बैठक कोठा, २ वटा भान्सा र ५ वटा बाथरूम छन् । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । २ वटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ६ करोड ३० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
४. सरस्वतीनगर, गणतन्त्र चोकस्थित ३ आना जग्गामा बनेको आवासीय घर बिक्रीमा रहेको छ । पूर्वी मोहडाको यस घरमा ६ वटा बेडरुम, २ वटा बैठक कोठा, २ वटा भान्छा र ४ बाथरुम छन् । सेमी फर्निस्ड यस घरमा एउटा कार र केही बाइक पार्किङ क्षमता रहेको छ । भने १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य २ करोड ८० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
५. शितल हाइट, इमाडोलस्थित ४ आना र २ दाम जग्गामा बनेको फुल फर्निस्ड घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा ६ वटा बेडरुम, २ वटा बैठक कोठा, र २ वटा भान्छा कोठा छन् । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा कार र ३ वटा बाइक पार्किङ गर्न सकिन्छ । यस घरको मूल्य ४ करोड ७० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
६. शितल हाइट, इमाडोलस्थित ४ आना जग्गामा बनेको फुल फर्निस्ड घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको यस घरमा ६ बेडरुम, २ बैठक रुम, र २ वटा भान्छाकोठा छन् । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा १ कार र ३ वटा बाइक पार्किङ क्षमता रहेको छ । यस घरको मूल्य ४ करोड २५ लाख तोकिएको छ; यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।