काठमाडौं । हिजोआज भान्छाकोठाको व्यवस्थापन र सौन्दर्यलाई खास महत्व दिन थालिएको छ । भान्साकोठा सुन्दर र चिटिक्कको भए खाना पकाउन र खान आनन्द आउँछ । यस्ता छन्, अहिले चल्तीमा रहेका र व्यवस्थित तथा सुन्दर मानिएका केही भान्छाकोठाको डिजाइनहरूः
१. L Shaped Modular Kitchen
स्मार्ट, फराकिलो, र सुविधाजनक यस्तो किचेनमा सामग्रीहरू स्टोर गरेर राख्न र बस्नका लागि पनि पर्याप्त स्पेस हुन्छ ।
२. U Shape Modular Kitchen
यदि तपाईंको घरमा पाहुना धेरै आइरहन्छन्, र तपाईंलाई खाना पकाएर खुवाउन मनपर्छ भने यस्तो भान्साकोठा निकै उपयोगी हुन्छ ।
३. Parallel Modular Kitchen
खासगरी अधिकतम समय एकजनाले मात्रै काम गर्नुपर्ने अवस्थामा यस्तो भान्साकोठा उपयुक्त हुन्छ । सानो तथा ठूलो स्पेसमा फिट हुने यस्तो भान्साकोठामा स्टोरेजका लागि पनि समस्या हुँदैन ।
४. Straight Modular Kitchen
यदि तपाईंको घरमा भान्साकोठा सानो छ भने स्ट्रेट मोड्युलर किचन उपयुक्त विकल्प हो । घरको वालसँग जोडेर भान्साकोठा डिजाइन गरी साथमा डाइनिङ टेबल पनि राख्न सकिन्छ ।
५. round shaped modular kitchen
भान्साकोठा छिमेकीको भन्दा फरक र ठुलो पनि होस् भन्ने चाहनुहुन्छ भने यो डिजाइन उपयुक्त हुन्छ । गोलाकार भान्छाकोठामा खाना सर्भ गर्न पनि सजिलो हुन्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।