Lifestyle

कसरी छुट्याउने बजारमा पाइने सुइ हालेको खरबुजा ? यस्ता छन् ४ तरिकाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । गर्मीको सिजनमा पानीको मात्रा अत्यधिक हुने फलफुल विभिन्न चिसो पेयपदार्थको खपत बढ्छ । गर्मीयाममा धेरैले खरबुजा खान रुचाउँछन् । तर बजारमा केमिकलयुक्त खरबुजाको बिगबिगी छ । यसो हुँदा अर्गानिक खरबुजा पत्ता लगाएर मात्रै किन्नु राम्रो हुन्छ ।

खरबुजा (Water melon) रातो र आकर्षक देखाउन, खरबुजालाई रातो बनाउन कहिलेकाहीँ सुईको सहायताले एरिथ्रोसिन केमिकल राखिएको हुनसक्छ यो एक प्रकारको विष हो । यस्तो खरबुजा चिन्ने तरिकाबारे तल उल्लेख गरिएको छः

१. पहेँलो दाग भएको खरबुजा छान्नुहोस्ः हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।

२. घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुहोस्ः यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।

३. खरबुजालाई काटेर पानीमा राख्नुहोस्ः खरबुजालाई काटेर एउटा सानो टुक्रा पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।

४. खरबुजा काटेर कपास राख्नुहोस्ः कपासको सानो टुक्रालाई काटेको खरबुजामाथि राखिदिनुस् । कपासमा रातो रंग सर्‍यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It