Vaastu

कहाँ राख्ने दराज तथा अल्मारी ! यस्ता छन् ध्यान दिनैपर्ने कुरा

Pinterest LinkedIn Tumblr

काठमाडौं । चाहे घर होस् या अफिस दराज अनिवार्य आवश्यकता हुन्छ । कपडा, कागजपत्र, पैसा, गरगहनाको हिफाजतका लागि दराजको उपयोग गरिन्छ । दराजको उचित प्रभावका लागि वास्तुले छुट्याएको दिशा र स्थानको जानकारी आजको लेखमाः

वास्तुअनुसार महत्वपूर्ण कागजात तथा सामग्रीको हिफाजत गर्ने दराजलाई सही दिशामा राख्नु जरुरी छ । जसले गर्दा अनावश्यक फजुल खर्च रोकिनुका साथै लक्ष्मी सदैव साथमा रहने विश्वास छ । 

दराजलाई सहि दिशामा राखे नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा रूपान्तरण गरि आर्थिक लाभ समेत लिन सकिने विश्वास गरिन्छ । तर यदि सही दिशा र स्थानको पहिचान गर्न नसके उल्टै हानी समेत हुनसक्छ ।

कहाँ राख्ने दराज तथा अल्मारी ! यस्ता छन् ध्यान दिनैपर्ने कुरा

दक्षिण दिशाः वास्तुशास्त्रका अनुसार दक्षिण दिशा दराज राख्नका लागि उत्तम दिशा मानिन्छ । यमराजको दिशा भएकाले दक्षिणमा धन, सुन, चाँदी र आभूषण राख्नाले नोक्सान त हुदैन तर बढोत्तरी पनि हुँदैन । तर यस दिशामा दराजलाई सहि व्यवस्थापन गरेर लाभ लिन सकिन्छ । दक्षिणमा राख्दा दराजको मूल ढोका उत्तर तर्फ फर्केको हुनुपर्छ । उत्तर दिशामा भगवान, धनका देवता कुवेर र वास्तुपुरूषको वासस्थान हुने हुँदा दराजमा सकारात्मक ऊर्जाहरू पर्ने जनविश्वास छ ।

उत्तर दिशाः त्यस्तै उत्तर दिशा पनि दराज राख्नु राम्रो हुन्छ । तर यसरी राख्दा दराज उत्तरतर्फ राखेर उत्तर नै फर्केको हुनुपर्छ ।

पूर्व दिशाः पूर्व दिशाबाट सकारात्मक ऊर्जाहरूको प्रवाह भइरहेको हुन्छ । दराजको मूल ढोका पूर्वतर्फ फर्किने गरि दराज राख्नु राम्रो मानिन्छ ।

नैऋत्य कोण/दक्षिण-पश्चिमको बीच भागः पृथ्वी तत्त्वको स्थान अर्थात् नैऋत्य कोणमा  दराज, सोफा, मेच राख्नु शुभ हुन्छ  ।

कहाँ राख्ने दराज तथा अल्मारी ! यस्ता छन् ध्यान दिनैपर्ने कुरा

घरको दराजमा माता लक्ष्मीको तस्वीर जसमा दुवै हात्ती सुँड उठाएको जस्तो देखिने तस्वीर लगाउनु निकै शुभ मानिन्छ । दराज राख्ने कोठाको रङ क्रीम अथवा सेतो हुनु अत्यन्त शुभ मानिन्छ । 

दराज राख्न नहुने स्थान तथा दिशा-

भर्याङको मुनि पर्ने गरि दराज राख्नु अशुभ मानिन्छ । त्यस्तै, शौचालयको अगाडि पनि दराज राख्न हुदैन । दराज राखेको कोठा सधै सफा राख्नुपर्छ । माकुराको जालो लगाएको छ भने सफा गरिरहनु पर्छ । फोहोर र माकुराले जालो भएको ठाउँमा दराज राख्नाले धन नाश भएर जाने र नकारात्मक ऊर्जा उत्पन्न हुने गर्दछ । 

दराजलाई आग्नेय कोण (पूर्व-दक्षिण)मा राख्नु हुँदैन । यसलाई अग्नि देवको दिशा मानिन्छ । त्यसैले यस दिशामा धन सम्पती भएको दराज राख्दा शह नबस्ने हुन्छ । 

कहाँ राख्ने दराज तथा अल्मारी ! यस्ता छन् ध्यान दिनैपर्ने कुरा

त्यस्तै वायव्य कोण (पश्चिम-उत्तर) मा पनि दराज राख्नु हुँदैन । यस दिशालाई वायुको दिशा भनिन्छ । यस दिशामा धन दराज राख्दा धन सम्पत्ति नाश हुने, अनावश्यक खर्च हुने हुन्छ । 

ईशान कोण (पूर्व- उत्तर)मा पनि दराज राख्नु शुभ मानिदैन । यस दिशामा गह्रुङ्गो चिजहरू राख्नु हुँदैन । यसरी राख्दा घरको मूल मान्छेमा टाउको दुख्ने, मानसिक पीडा हुने जस्ता समस्या देखिन्छन् ।  

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It