Decor

अब पाउनुहोस् झाडु र कुचोबाट छुटकारा, यस्ता छन् भ्याकुम क्लिनरका प्रकार र यसको उपयाेगिता

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज मानिसको जीवनशैलीमा उल्लेख्य परिवर्तन आइरहेको छ । हाम्रो व्यस्तता हरेक दिन बढ्दो नै छ । यस्तोमा दैनिकीलाई सहज बनाउन हरेक काम छिटो र राम्रो बनाउने डिभाइसको खोजी हरकोहीको हुन्छ । यस्तोमा प्रविधिले मानिसको जीवनशैलीमा थपिदिएकाे नयाँ आयाम आत्मसात गर्न लायक छ । 

चाहे त्यो घरको भान्छा होस् या अफिसको टेवल सफासुग्घर हुन जरुरी छ । अब झाडु या कुचोले सफा गर्ने जमाना रहेन । स्मार्ट तरिकाले घरका कोठाहरू बढार्नका लागि विभिन्न कम्पनीले भ्याकुम क्लिनर बजारमा ल्याइरहेका छन् । जसको उपयोग पनि उत्तिकै बढ्दो छ । आजको लेखमा भ्याकुम क्लिनरको विषयमा विशेष चर्चा गर्दैछौं ।

भ्याकुम क्लिनर

भ्याकुम क्लिनर एउटा सरसफाइ यन्त्र हो जसले अत्यन्तै सुक्ष्म धुलोको कणलाई समेत हावाको साहरामा तान्ने काम गर्दछ । भ्याकुम क्लिनरमा भएको पम्मका कारण ससाना फोहोर सफाइमा सहजता हुने हुँदा यसप्रति रुचि बढेको हो । भ्याकुम क्लिनरको प्रयोगका लागि विद्युत तथा चार्जेबल ब्याट्री समेत उपयोगी हुन्छ । 

भ्याकुम क्लिनरमा पम्पका साथै एउटा झोला पनि हुन्छ । जसमा पम्पद्वारा तानिएको फोहोर संकलन हुन्छ । सफाइ सकिए पछि अथवा झोला भरीएपछि उक्त फोहोरलाई निकालेर फाल्ने गरिन्छ । भ्याकुम क्लिनरका धेरै आकार र मोडेल बजारमा उपलब्ध छन् । 

भ्याकुम क्लिनरका प्रकारहरू

ब्रूम भ्याकुम क्लिनरः यो भ्याकुम क्लिनर चलाउनका लागि छरितो हुन्छ । यसको ओजन करिब ३ किलाेकाे हुने हुँदा एक हातले प्रयाेग गर्न सकिन्छ । 

ब्रुम

राेबोट भ्याकुम क्लिनरः याे एक स्वचालित रोबोट भ्याकुम क्लिनर हो । यसले आवाज ननिकाल्ने हुनाले याे प्रयाेग गर्न सहज हुन्छ ।

Robert vacuum

ब्यागलेस भ्याकुम क्लिनरः यसले डिस्पोजेबल भ्याकुम क्लीनर झोलाको अवधारणा बिना गर्छ । यसको सट्टा, फोहोर र धुलो कन्टेनरमा समातिन्छ र जब भरिने स्तर पुगेपछि, यो खाली फोहोरको डिब्बामा खाली गरिन्छ। 

bag less vacuum

आजकाल हामी घरमा महँगा र विभिन्न डिजाइनका कार्पेटमा विछ्याउछाै । यस्ता उच्च गुणस्तरिय कार्पेटमा झाडु वा कुचो लगाउने कुरा पनि भएन । त्यसैले भ्याकुम क्लिनर प्रयोग बढ्न थालेकाे हाे । सरसफाइमा धेरै व्यक्तिहरूले मूल रूपमा मेशिनहरू प्रयोग गर्छन् । आजकाल लगभग हरेक घरमा भ्याकुम क्लिनर छ । यसले मानिसको दिनचर्या सहज बनाउनुका साथै समयको बचत गरेकाे छ  तर मानिसलाई अल्छी समेत बनाएकाे छ । 

पछिल्लो समय भ्याकुम क्लिनरप्रतिको मोहः

बजारमा देखिने उन्नत भ्याकुम क्लीनर/रोबोट भ्याकुम क्लिनर प्रयाेग गर्न सजिलाे र थाेरै समयमा आदेश बिना काम गर्ने हुनाले बजारमा यसकाे माग धेरै हुने गरेकाे पाइन्छ । भ्याकुम क्लिनरलाई आवाश्यकता र सहजताकाे हिसाबले प्रयाेग गर्न सकिन्छ । विशेषत अहिले शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण भेगमा पनि यसले ठाउँ ओगट्न थालेकाे छ । 

भ्याकुम क्लिनरको प्रचलन कसरी सुरु भयो त !

सन् १८६० मा डेनियल हेसले पहिलो भ्याकुम क्लीनर “कार्पेट स्वीपर” को आविष्कार गरे । यसकाे मूल डिजाइनमा थोरै परिवर्तन गरि १८६५ मा आएभ्स मगफ्फीले आविष्कार गरेका थिए । एकै समयमा क्र्याङ्क घुमाउनु पर्ने र मेसिनलाई कार्पेटमा धकेल्नु पर्ने भएकाले यो असहज थियो । 

सन् १९०१ मा, अंग्रेज एच. सेसिल बुथले ग्यासबाट चल्ने सक्शन क्लिनर नामक ठूलो मेसिन आविष्कार गरे । यो प्रारम्भिक भ्याकुम क्लिनरहरू जस्तै यता उता लैजान असहज र ठुलो आवाज आउने भएकाले उपभोक्ताले त्यति रुचायनन् । सन् १९५२ मा हूभर कम्पनिले “भ्याकुमिङ”  नामांकरण गरि आधुनिक केन्द्रीय भ्याक प्रणाली निर्माण गरे । सन् १९६० सम्म आइपुग्दा भ्याकुम क्लीनरहरू धेरै हल्का र प्रयोग गर्न सजिलो हुन थालिसकेकाे थियाे । 

सन् १९७० मा सोचेको धेरै काम गर्ने ब्यागलेस प्रबिधि जेम्स डायसनको कल्पनामा निर्माण भयाे । जुन पाँच हजार एक सय २७ प्रोटोटाइप पछि, डायसनले  सन् १९९३ मा आफ्नो डुअल साइक्लोन मेसिन प्रदर्शन गरे । ब्यागलेस प्रबिधिले राम्रो प्रतिक्रिया पायो र अहिले बेचिएका अधिकांश भ्याकुमहरू ब्यागलेस रहेका छन् ।  तर यो भने अन्तिम आविष्कार थिएन । सन् १९९६ मा, पहिलो रोबोट भ्याकुम क्लिनर स्वीडेनको इलेक्ट्रोलक्स द्वारा निर्माण गरियाे ।  यसले लाेकप्रियता धेरै बटुल्न सफल भयाे तर यसको सेन्सरहरू राम्रो नभएको कारण केहि समाय पछि बन्द हुन पुग्याे । 

 सन् २००२ मा रुम्बा नामक भ्याकुम क्लिनर आइ रोबोट कम्पनी द्वारा उत्पादन गरियो जसमा दिशा परिवर्तन गर्न सक्ने र राम्रो खालको सेन्सरहरूको प्रयाेग गरिएकाे थियाे । रोबटिक भ्याकुमले अहिले चलिरहेका भ्याकुमलाई प्रतिस्थापन गर्ला नगर्ला भन्ने कुरा त समयले देखाउने छ । जे होस् कुचो र झाडुलाई भने नेपालमा पनि राम्रैसँग पछि पार्दै गरेको देखिन्छ । 

 अन्त्यमा, सामान्यतया घरकाे सरसफाइमा महिलाहरु बढी सक्रिय हुन्छन् । कुच्चाेले लामाे समयसम्म निहुरिएर सफाइ गर्दा स्वास्थ्यमा धुलाेको नकारात्मक असरका साथै ढाड दुख्ने समस्याबाट गुज्रनु परेको देखिन्छ ।  यसैकारण पनि बजारमा भ्याकुम क्लिनरको माग दिन प्रतिदिन बढ्दै गएकाे छ ।

सफाइ गर्दा धूलो नउड्ने भएकाले यो स्वास्थ्यका दृष्टिले समेत लाभदायक छ । यसले बिहानभरि कुच्चाे समात्दै घर तथा अफिसभर घुम्नुपर्ने बाध्यताबाट छुटकारा मिलको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It