Lifestyle

यी ७ तरिकाले बढाउन सकिन्छ घरको मूल्य

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनैपनि सामग्रीको किनबेचमा क्रेताले सस्तो र बिक्रेताले महंगो मूल्य राख्न चाहन्छन् । घर तथा जग्गाको किनबेचमा पनि यो व्यवहार लागू हुन्छ । सामान्यतया जग्गाको मूल्य बढ्ने भएपनि समय बित्दैजाँदा घरको मूल्य घट्न जान्छ । 

महंगो मूल्य लगाएर बनाएको घरको मूल्य पनि राम्रै आओस् भन्ने चाहना हुनु स्वभाविक हो । त्यसका लागि खरिदकर्ता प्रभावित हुनेगरि घरको व्यवस्थापन गर्न आवश्यक हुन्छ । तलका केही पक्षहरूमा ध्यान दिँदा मात्रै पनि घरको उचित मूल्य उठाउन सकिन्छः

आन्तरिक डिजाइन तथा सजावटः

घरको आन्तरिक अवस्था र व्यवस्थापनका साथै साजसज्जाको शैलीले ग्राहकको नजरमा राम्रो/नराम्रो प्रभाव पार्छ; जसले घरको मूल्यमा नै पनि फरक पारिदिन्छ । यस्तो अवस्था सिर्जना हुन नदिन घरभित्र पार्केटिङ, प्यानलिङ, विभिन्न किसिमका फल्स सिलिङ तथा आकर्षक लाइटहरूको प्रयोग गर्नु बुद्धिमानी हुन्छ । त्यसबाहेक विभिन्न हावा सफा गर्ने बिरुवाहरू लगाएर पनि घरको स्तर बढाउन सकिन्छ; जसले घरको मूल्य बढाउन मद्दत पुर्याउँछ ।

 यो पनि पढ्नुहोस्ः घरमा फल्स सिलिङ गर्दै हुनुहुन्छ? कति खर्च लाग्ला त ! यस्ता छन् जान्नैपर्ने कुराः

 रङ्गरोगन र सफाइः

घरको राम्रो मूल्य पाउन ग्राहकलाई घर देखाउनुअघि राम्ररी रंगरोगन गर्नुपर्छ । रंगले घरको सुन्दरता बढाउनुका साथै मजबुत पनि बनाउँछ । बजारमा विभिन्न ब्रान्डका पेन्टहरू पाइन्छन्, घर बाहिर घाम र पानीले नबिग्रिने खालको रङ छानेर लगाउनुपर्छ । साथै पर्खालमा लागेका लेउ र फोहोरलाई राम्ररी पखाल्ने, मूल गेट, ढोका, झ्याल, कोठाहरू राम्ररी सफा गरी पुनः रङ्गरोगन गरेमा केही हदसम्म  घरको मूल्य बढ्ने सम्भावना हुन्छ । किनकी कुनैपनि ग्राहक मैलिएको भित्ता, हेर्दै पुरानो र फोहोर देखिने घरमा लगानी गर्न उत्साहित हुँदैन । 

 यो पनि पढ्नुहोस्ः  वास्तुविद्का अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

आकर्षक थीमहरूको प्रयोगः

फरक र आकर्षक किसिमको थिम प्रयोग गर्नाले घरप्रति ग्राहकको चासो बढ्न जान्छ । हिजोआज एसियन तथा ओरिएंटल थीम, आधुनिक, पारम्पारिक, स्क्यान्डिनेभियन लगायत थीमको चल्ती छ । यस्ता थिमहरूले घरलाई स्तरीय र आकर्षक रूप दिन्छन् । कतिपय अवस्थामा हरेक कोठालाई नै फरक-फरक थिम प्रयोग गरेर डिजाइन नै परिवर्तन गर्न सकिन्छ । यसो गरेमा ग्राहकहरू महंगो मूल्यमा घर किन्न प्रेरित हुन्छन् ।

स्मार्ट टेक्नोलोजीको प्रयोगः 

ग्राहकलाई घरको सुरक्षा प्रत्याभूति गराउन सकेमा राम्रो मूल्य पाउन सकिन्छ । जसका लागि घरमा विभिन्न प्रविधिको प्रयोग गर्न सकिन्छ । जस्तोकि; स्मार्ट लक, सिसिटिभी, स्मार्ट स्मोक डिटेक्टरहरू, तातो र चिसो पानीका लागि सोलार, चिम्नीलगायत सामग्रीले घरको सुरक्षा र सुविधा झल्काउँछ । यस्ता आधुनिक डिभाइस भएको घरलाई राम्रो मूल्य दिन तयार हुने सम्भावना हुन्छ ।

 यो पनि पढ्नुहोस्ः  यी ‘६’ उपकरणले बनाउँछन्, तपाईंको घरलाई ‘स्मार्ट होम’ 

फराकिला तथा खुला कोठाः

कोठाहरूको आकार अवस्थितिले घरको मूल्यमा धेरै फरक पार्छ । कोठाहरू उज्याला र फराकिला नभएमा उपयुक्त रंगको प्रयोग र सामानको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । अँध्यारो कोठाहरूमा प्रायजसो इन्टेरियर डिजाइनरले खैरो रंगको प्रयोग गर्ने गर्छन् । खैरो रंगले कोठालाई उज्यालो र फराकिलो देखाउँछ । त्यसबाहेक प्रकाशको संयोजनले हाम्रो आँखामा भ्रम सिर्जना गर्ने सेतो, खरानी, क्रिम जस्ता रङको पनि प्रयोग गरेर कोठालाई ठूलो र फराकिलो देखाउन सकिन्छ । त्यसबाहेक सोफा र खाटको काम गर्ने फर्निचर, टेबल र त्यस मुनी सामान राख्न मिल्ने दराजजस्ता बहुउपयोगी फर्निचरको प्रयोग समेत गर्न सकिन्छ । यस्ता फर्निचरको प्रयोगले घरलाई आकर्षक देखाउँछ । 

भान्छाकोठा र बाथरूम सरसफाइ तथा नविकरणः 

घरमा भान्छाकोठा र बाथरुमलाई विशेष महत्व दिइन्छ । जस्तोकि; हिजोआज भान्छामा मोड्युलर किचेन र बाथरुममा अट्याच बाथरुमको मोह बढिरहेको छ । घर किन्ने सोचमा रहेका हरेक ग्राहकले यी दुई ठाउँमा जडान भएका सामग्री तथा सेवासुविधाको गहन मूल्यांकन गर्छन् । त्यसकारण घरमा अत्याधुनिक सुविधाहरू सुनिश्चित गर्नु आवश्यक छ । साथमा सफाइ र डिजाइनमा उत्कृष्टता थप्न चलेका र उच्च गुणस्तरीय ब्रान्डको प्रयोग गरी नवीकरण गर्नुपर्छ । 

वास्तुमा ध्यान दिने

नेपालको सन्दर्भमा वास्तुलाई विशेष महत्व दिने गरिन्छ । नयाँ पुस्ताले पनि वास्तुप्रति आस्था राख्ने हुँदा घर निर्माण वा खरिद गर्नुपूर्व वास्तुशास्त्रमा ध्यान दिन्छन् । यसो हुँदा घरको सामान्य कुराहरू ढोका, भर्याङ, भान्छा, बाथरुम जस्ता कुराहरूमा विशेष ध्यान दिनुपर्छ । घरको ढोका पूर्व वा उत्तर दिशामा बनाउनुपर्छ । भान्सा दिशामा र शौचालय पश्चिम दिशामा हुनुपर्छ । भान्सा र शौचालय एकअर्काको नजिक हुनु हुँदैन । यी स्थानहरू वास्तुअनुसार छैनन् भने सम्भव भएसम्म पुननिर्माण गर्नुपर्छ । सम्भव नभएमा वास्तुविद्सँग छलफल गरी हानी कम गर्ने उपायहरू पहिल्याउनु राम्रो हुन्छ । 

यो पनि पढ्नुहोस्ः वास्तुअनुसार घरमा यसकारण राख्नैपर्छ ‘आठ चीजहरू’

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It