Research

घरमा फल्स सिलिङ गर्दै हुनुहुन्छ? कति खर्च लाग्ला त ! यस्ता छन् जान्नैपर्ने कुराः

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । सुन्दर डिजाइन भएको घर, आकर्षक कोठा, र आनन्दको वातावरण सबैको रोजाइमा पर्छ । त्यसैले त हामी घरमा आकर्षक देखिने वालपेपर, कलर पुटिनफल्स सिलिङको प्रयोग गरिरहेका हुन्छौं ।  जसमा फल्स सिलिङले घरको सुन्दरता बढाउनुका साथै वातावरणलाई शान्त राख्न मद्दत पुर्याउँदछ । आजको लेखमा हामी फल्स सिलिङको गुणस्तर र बजार अवस्थाको बारेमा चर्चा गर्दैछौँ

फल्स सिलिङः

सिलिङ भन्दा तल लाग्ने भएको हुँदा यसलाई फल्स सिलिङ भनिएको हो । यो कुनै सिलिङ नभएर डिजाइनको लागि मात्र बनाइएको हो; किनकी ढलान तथा छाना आफैमा सिलिङ हो । जसको मुनि डिजाइन तथा अन्य प्रयोजनका लागि बनाइन्छ र टायल जस्तो देखिने प्लाइबाट बनाइएको हुन्छ ।

फल्स सिलिङको महत्व र नेपालमा यसको उपलब्धताका सम्बन्धमा हामीले फल्स सिलिङ हाउसका सञ्चालक नवराज चौलागाईंसँग कुरा गरेका छौं । उनका अनुसार, फल्स सिलिङको विभिन्न प्रकार हुन्छन् ।  तर नेपालमा प्रायजसो जिप्सन फल्स सिलिङको प्रयोग हुने गरेको पाइन्छ । माटोले बनेको जिप्सन छेउछाउमा कागजले मोरिएको हुन्छ । घरमा विभिन्न डिजाइनहरू बनाउन यसको प्रयोग गरिन्छ । पहिलापहिला यसको प्रयोग बाथरुम बनाउन समेत गरिन्थ्यो । 

फल्स सिलिङको महत्वः

  • अनावश्यक तारहरूको अल्झन ढाक्न 
  • आकर्षक सजावट र डिजाइन
  •  साउण्ड प्रुफिङ 
  • उपयुक्त फायर सेफ्टी 

फल्स सिलिङका प्रकार र नेपालमा यसको आयातः

उनी भन्छन्, ‘माटोले बनेको हुँदा यसले आर्द्रता रोक्न सक्दैनथ्यो । हाल बाथरुमको लागि ‘मोइस्चर ब्लक’ जिप्सन बोर्ड आउँछ । यसबाहेक पी भि सी (प्लास्टिक सिलिङ) जुन बाथरुमको लागि राम्रो मानिन्छ । घर टहराहरू बनाउँदा छाना छोप्नका लागि मात्र २/२ का जिप्सन बोर्ड र सिमेन्ट गाइडको प्रयोग गरिन्छ । २/२  मा बन्ने मेटल सिलिङ, जिप्सन सिलिङ, सिमेन्ट टायल आदिका लागि टी ग्रेड प्रयोग हुन्छ । जुन २/४/१०/१२ फिटको च्यानल आउँछ । जसले अटो इन्टर लक सिस्टममा काम गर्दछ ।’

हाल नेपालमा छिमेकी देश भारत र थाइल्यान्डमा बनेका जिप्सन बोर्ड आउँछ । एकथरी भारतको लोकल माटोबाट बनेको हुन्छ । यो अलि कमजोर हुन्छ । मोटाइ बराबर १२mm नै देखिन्छ तर यसको भार बहन क्षमता कम हुन्छ । यसको मुल्य थोरै कम पर्न आउँने चौलागाईंले बताए । 

त्यस्तै, युएसजी (USG) वारेल नामक ब्रान्डले ओमनबाट माटो ल्याएर भारतमा जिप्सन बोर्ड बचाउँदछन् । जसलाई युएसजी नफ भनिन्छ । यो बोर्डले गुणस्तर कायम गरेको उनको भनाइ छ । चौलागाईं भन्छन् “अरू साधारण बोर्ड १८ देखि २० केजी सम्म पर्दछ भने यो साढे १६ केजी मात्र हुन्छ । त्यसैगरी जिप्सन बोर्ड थाइल्यान्डबाट पनि आयात गरिन्छ । जसलाई इलिफेन्ट जिप्सम बोर्ड भनेर चिनिन्छ । यो अरू बजारमा पाइने बोर्डको तुलनामा राम्रो मानिन्थ्यो । हाल यू एस् जी ब्रान्डले इलिफेन्टलाई प्रतिस्थापन गरिदिएको छ । यो साढे १७ केजी थियो ।” 

फल्स सिलिङको गुणस्तरः

false celling

हिजोआज धेरैले बजारमा सस्तो सामान खोज्ने गरेको पाइन्छ । यसो हुँदा त्यसमा प्रयोग हुने गरेका सामानमा ध्यान जाँदैन र गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । जुन घर बनाउने मानिस र फल्स सिलिङ गर्ने व्यवसायीहरूका लागि पनि घातक सावित हुदैँ गइरहेको चौलागाईं बताउछन् । सो अवस्थालाई मध्येनजर गर्दै फल्स सिलिङ हाउसले 0.22 mm भन्दा माथिको च्यानलको प्रयोग गर्नुपर्छ भनेर आफ्नै उत्पादन सुरू गरेको उनले बताए । 

हाल नेपालमा २०/२१ केजी को बोर्ड प्रयोग गर्ने र च्यानलमा 0.4 र 0.5 का च्यानल प्रयोग गर्ने प्रवृति बढ्दो छ । यसले कालान्तरमा सिलिङ खस्ने जोखिम हुन्छ । यस्तो जोखिमका सम्बन्धमा भने उपभोक्ता स्वयम् सचेत हुनपर्ने चौलागाईं बताउँछन् ।

फल्स सिलिङको बजार मूल्यः

फल्स सिलिङ घरको सबैतिर लगाउनु अनावश्यक र खर्चिलो हुन जान्छ । बैठक कोठा, प्यासेज, किचेन तथा डाइनिङ रूम र मास्टर बेडरूममा मात्र फल्स सिलिङ गर्न उनको सुझाव छ । 

सकेसम्म फल्स सिलिङ हाउससँग परामर्श लिएरै गर्दा राम्रो हुन्छ ।  ‘सबै ठेकेदारमा मात्र भर पर्ने हो भने कमसल सामानको प्रयोग गरेर खर्च कम गराउन खोज्छन् । कतिपय उपभोक्ता मूल्यदर सुनेर पसलवालाले महँगो नै भन्छन् भन्ने धारणा छ । तर महँगो हुनुका कारण बुझ्न जरुरी छ,’ उनले भने ।

फल्स सिलिङको सन्दर्भमा मूल्य मात्र हेर्ने नभएर गुणस्तरमा विशेष ध्यान पुर्याउनु पर्दछ । फल्स सिलिङ वर्ग फिट नापेर गरिन्छ । प्लेन सेपमा गर्ने हो कि डिजाइन बनाउने हो सोही आधारमा मूल्य निर्धारण गरिन्छ । साधारण किसिमको 0.28 को च्यानल र यू एस् जी रेगुलरको बोर्ड लगाउने हुँदा ८५ रूपैया वर्गफिट पर्दछ । 

त्यस्तै, राम्रो गुणस्तरयुक्त फल्स सिलिङको प्रयोग गर्दा प्रति वर्गफिट ३०० रूपैँया सम्म पर्न जान्छ । डिजाइन जति हेभि गर्यो मूल्यदर त्यति बढ्ने छ भने एउटा कोठामा फल्स सिलिङ गर्न २ देखी ३ दिनसम्म लाग्ने चौलागाईंले बताए । यसरी हेर्दा १०/१२ को कोठामा फल्स सिलिङ गर्दा १० देखि ३० हजार सम्म पर्ने देखिन्छ । 

तपाईलाई यो इन्फर्मेसन कस्तो लाग्यो कमेन्ट गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It