Vaastu

वास्तुअनुसार घरमा यसकारण राख्नैपर्छ ‘आठ चीजहरू’

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिन्दु धर्ममा संरचना निर्माण देखि डेकोर व्यवस्थापन गर्नसम्म वास्तुशास्त्रलाई विशेष महत्व दिइन्छ । पृथ्वी, पानी, अग्नि, वायु र अन्तरिक्षलगायतका पाँच तत्व मिलेर बनेको वास्तुअनुसार संरचनाको डिजाइन र लेआउटले परिवारका सदस्यको स्वास्थ्य र समृद्धि निर्धारण गर्दछ ।  त्यसैले आज हामी वास्तु अनुसार सकारात्मक ऊर्जाका स्रोत मानिने केही त्यस्ता चिज वस्तुको चर्चा गर्नेछौं । जसलाई घरभित्र राख्नु शुभ मानिन्छ ।

तुलसीको बिरुवा 

यस्ता छन् घरमा सकारात्मक उर्जा प्रवाह गर्ने र वास्तु दोष हटाउने चिजहरू

हिन्दु धर्ममा विष्णु भगवानका रुपमा पूजा पनि गरिन्छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै मात्रामा अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसी रोप्दा सम्पुर्ण पाप नष्ट भइ मृत्यु पछि स्वर्गमा वास हुने जनविश्वास पनि छ । तुलसीको विरुवाले नकारात्क प्रभाव नष्ट गर्दछ र घरमा सकारात्मक ऊर्जाको संञ्चार गर्दछ । घरको वास्तुदोष निवारणका लागि तुलसीको बिरूवालाई घरको पूर्व वा उत्तर दिशामा रोप्नु शुभ मानिन्छ । त्यसबाहेक घरको मुल ढोकाको दाहिनेपट्टि पर्ने गरि रोप्नु राम्रो मानिन्छ । 

मयुरको प्वाँख 

यस्ता छन् घरमा सकारात्मक उर्जा प्रवाह गर्ने र वास्तु दोष हटाउने चिजहरू

पूर्वीय दर्शनमा मयुरको प्वाँखलाई धैर्यता, उदारता र दयाभावको प्रतिक मानिन्छ । भगवान श्रीकृष्णको शिरमा रहने मयुरको प्वाँख घरमा राख्नाले सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । सुन्दर पंक्षी मयूरले सकारात्मकता दर्शाउँदछ । मयुरले सौन्दर्य, सन्तुलन, जागरण, अमरत्व, आध्यात्मिकता, आत्मविश्वास, जागरूकता, नेतृत्व, आत्मप्रेम, र पुनरुत्थानको प्रतिकको काम गर्छ । वास्तुअनुसार, मयूरको प्वाँखले जीवनका सबै नकारात्मक ऊर्जा र अन्य पारिवारिक समस्याबाट राहत दिने हुँदा घरको मूल ढोकामा राख्नु उपयुक्त मानिन्छ ।

पारिजात

यस्ता छन् घरमा सकारात्मक उर्जा प्रवाह गर्ने र वास्तु दोष हटाउने चिजहरू

वास्तुशास्त्र अनुसार पारिजातको रुख भएको घरमा कहिल्यै आर्थिक सङ्कट नहुने विश्वास गरिन्छ । यसको फूलको सुगन्धले मनलाई शान्त बनाउँछ, मानसिक तनाव कम गर्छ र आत्मालाई आराम दिन्छ । तुलसीको बिरुवा भएको ठाउँमा यो रुख रोप्दा परिवारका सदस्यबीच सद्भाव र शान्ति मिल्ने र पुण्य प्राप्त हुने विश्वास छ । पारिजातको रूखलाई छोए मात्र पनि सारा रोग भाग्छ भन्ने जनविश्वास छ । 

रूद्राक्ष

यस्ता छन् घरमा सकारात्मक उर्जा प्रवाह गर्ने र वास्तु दोष हटाउने चिजहरू

भगवान शिवजीको आँशु पृथ्वीमा खसेपछि उत्पत्ति हुँदा नामाकरण गरिएको रूद्राक्षले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ । रुद्राक्ष धारण गर्दा वा घरमा राख्दा पनि सुख–समृद्धि,प्राप्त हुने, सकारात्मक ऊर्जा हुन्छ । रूद्राक्षले अनिष्ठ, अरिष्ठ र अकालबाट समेत बचाउने जनविश्वास छ । घरको मुख्य द्धारमा २ सय १६ ओटा रूद्राक्षको माला झुन्ड्याउँदा घरको वास्तुदोष हट्ने वास्तुविदहरूको भनाइ छ । 

शंख

यस्ता छन् घरमा सकारात्मक उर्जा प्रवाह गर्ने र वास्तु दोष हटाउने चिजहरू

वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ । वास्तु शास्त्रका अनुसार शंखलाई विजय, सुख, शान्ति, प्रतिक मानिन्छ । शंखलाई घरमा राख्नाले वास्तु दोष हट्ने र धन पनि प्राप्त हुनुका साथै सकारात्मक ऊर्जा फैलने जनविश्वास छ । शंखको आवाजले घर भित्रको नकारात्मक ऊर्जा हटाएर सुख समृद्धि कायम राख्न मद्दत गर्दछ । वास्तु शास्त्रका अनुसार शंखमा पानी राखेर उत्तर दिशामा राख्दा घरका परिवारका सदस्यबीच मेलमिलाप बढ्छ । क्याल्सियम कार्बोनेटबाट बनेको हुँदा शंखमा रातभर गंगा जल भरेर सेवन गर्दा शरीरमा क्लाल्सियम तत्वको कमी हुँदैन र धेरै रोगबाट बच्न सकिन्छ ।

लाफिङ बुद्ध

लाफिङ बुद्ध

चीनको ‘फेंग शुई’ परम्परामा लाफिङ बुद्धको मूर्तिलाई घरमा राख्नु शुभ मानिन्छ । यसले जीवनमा आइपर्ने उतारचढाव कम गर्ने विश्वास गरिन्छ । चीनमा लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवताका रूपमा मानिन्छ । लाफिङ बुद्धको मूर्तिले कृतज्ञ हुन, बाधा पार गर्न र जीवनमा खुशी रहन प्रेरित गर्दछ । फेंग शुई र वास्तुको अवधारणा लगभग मिल्ने भएकाले धेरैले लाफिङ बुद्धको मूर्ति घरमा राख्दछन् । यसले सुख र समृद्धि बढाउनुका साथै सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ । 

क्रिस्टल कछुवा

क्रिस्टल कछुवा

सुख-शान्ति, समृद्धि र भगवान विष्णुको प्रतीक कछुवा निकै शान्त हुन्छ । मन्दगतिले हिड्ने कछुवा प्राणी मध्ये धेरै बाँच्ने जन्तु पनि हो । वास्तुअनुसार कछुवाको मूर्तिलाई घरमा राख्नाले आर्थिक उन्नति हुनुको साथै घरमा सकारात्मक उर्जाको संचार हुन्छ । यसको प्रभावले परिवारको स्वास्थ्य राम्रो हुने र नजर दोषलाई हटाउने विश्वास गरिन्छ । कुनै पनि धातु सिसा, माटो, क्रिस्टल अथवा काठबाट बनेको कछुवाले जीवनमा शान्ति, सद्भाव, दीर्घायु र खुशीयाली ल्याउन प्रभावकारी भूमिका खेल्दछ । 

फिश एक्वेरियम

यस्ता छन् घरमा सकारात्मक उर्जा प्रवाह गर्ने र वास्तु दोष हटाउने चिजहरू

चिनियाँ वास्तु फेंङ शुईमा फिश एक्वेरियमको विशेष महत्त्व छ । सकारात्मक उर्जाको स्रोत मानिने माछालाई वास्तु विज्ञानमा पानीको कारक मानिन्छ, तिनीहरू पानीमा सधैं सक्रिय रहन्छन् । त्यसैले तिनीहरूले घरमा ऊर्जा ल्याउने र वरपरको वातावरणबाट आलस्य र नकारात्मक ऊर्जालाई हटाउने विश्वास गरिन्छ । एक्वेरियम पूर्व, उत्तर वा उत्तर-पूर्व दिशामा राख्नु उपयुक्त हुन्छ । यद्यपि सुत्ने कोठा वा भान्छामा राख्दा भने सम्पत्तिको हानि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It