Property

भक्तपुरमा ७ वटा सुविधा सम्पन्न घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । अहिलेको समयमा सामान्य घर बनाउन पनि लगभग जीवनभरकै कमाइ खर्च हुन्छ । घर मात्र बनाएर भएन, घर सुहाउँदा फर्निचर र सजावटका सामग्री पनि राख्नै पर्यो । पसलपिच्छे सामानको मूल्य र गुणस्तर तौलँदा पनि निर्धक्क हुन सकिँदैन । यस्तै झन्झटलाई कम गर्न दक्षिण बाराही हाउजिङले भक्तपुरमा फुलफर्निस्ड घरहरू निर्माण गरिरहेको छ ।

भक्तपुरको ठिमी चोकबाट १.५ किलोमिटरको दूरीमा ३ आना ३ पैसा जग्गामा बनेका सातवटा घरहरू बन्दैछन् । दक्षिण बाराही हाउजिङका यी घरहरू जग्गाको आकार र प्रकृतिअनुसार निकै आकर्षक शैलीमा निर्माण गरिने छन् । 

भक्तपुरमा सुविधा सम्पन्न ७ वटा घरहरू बिक्रीमा

हाउजिङका ७ युनिट घरहरू मध्ये हाल एउटा मात्रै निर्माण सम्पन्न भएको छ । बाँकी ६ वटा युनिट पनि तीव्र रूपमा निर्माण भइरहेका छन् ।

दक्षिण-पश्चिम मोहडा भएका यी घरहरूमा २० फिटको दुईतर्फि फराकिलो सडकको पहुँच रहेको छ । गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएका घरहरू भुकम्प प्रतिरोधात्मक हुनेछन् ।

4BHK घरमा आवश्यक पर्ने फर्निचर, इलेक्ट्रोनिक सामग्री, बेड, वार्डरोब, किचेनफिट गरिएको छ । काठको सिँढी र पार्केटिङले घरको भित्री भागलाई अझ सुन्दर बनाएको छ । 

भक्तपुरमा सुविधा सम्पन्न ७ वटा घरहरू बिक्रीमा

हाउजिङमा के कस्ता सुविधा छन् त !
पानी

यस हाउजिङका घरहरूमा इनारको पानीको व्यवस्था गरिएको छ । 

शिक्षा तथा स्वास्थ्य 

हाउजिङ नजिकै नाम चलेको विद्यालय ‘काठमाडौं स्कुल अफ ल’ छ । त्यस्तै, हाउजिङबाट १ किलोमिटरको दूरीमा ठिमी हस्पिटल हुनुले पनि जीवनशैलीलाई थप निर्धक्क बनाएको छ । 

यातायात तथा पार्किङ 

भक्तपुरमा सुविधा सम्पन्न ७ वटा घरहरू बिक्रीमा

अन्य 

यस हाउजिङका घरहरूमा बिजुली र ढल निकासको राम्रो व्यवस्था गरिएको छ । घरहरूमा तातो चिसो पानीका लागि सोलारको जडान समेत गरिएको छ । फुल फर्निस्ड हुने घरको मूल्य प्रतियुनिट ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ ।

‘दक्षिण बाराही हाउजिङ’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It