Featured

यी हुन् यस साता बसोबासमा जोडिएका ५ उत्कृष्ट प्रपर्टीहरू, सुरुवाती मूल्य २ करोड ७० लाख 

Pinterest LinkedIn Tumblr

काठमाडौं । यस साता घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा २१ भन्दा बढि प्रपर्टिहरू जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय प्रपर्टीमध्येबाट उत्कृष्ट प्रपर्टिहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः

१. गोठाटार, काठमाडौंस्थित ३ आना ३ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तर-पश्चिमी मोहडाको यस घरमा भुईं तलामा २ वटा बेडरूम, एउटा बाथरूम छ । पहिलो तल्लामा एउटा किचन र डाइनिङ, एउटा लिभिङ रुम, एउटा बेडरुम र एउटा कमन बाथरूम छ । दोस्रो तल्लामा एउटा मास्टर बेडरुम र एउटा कमन बेडरूम र एउटा बाथरुम छ । माथिल्लो तलामा एउटा बेडरुम र एउटा बाथरूम छ । १३ फिट र २० फिट दुईंतर्फी सडकको पहुँच घरमा एउटा कार र केही बाइक पार्किङको व्यवस्था छ । यस घरको मूल्य २ करोड ७० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

२. आकाशेधारा, काठमाडौंस्थित ३ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा घरमा ५ वटा बेडरुम, ३ वटा बथरुम, दुईवटा किचन, २ वटा बैठक कोठा र एउटा पूजा कोठा छ । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा कार र ५ वटा बाइक पार्किङ छुट्याइएको छ । यस घरको मूल्य ३ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् 

३. भैसेपाटी, मञ्जुश्री मार्गस्थित ४ आना २ दाम जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तर-पूर्व मोहडा भएको यस घरको भुईं तला 2BHK सहित दुईंवटा बेडरुम, एउटा हल र एउटा भान्छा रहेको छ । पहिलो तल्लामा 1BHK (बेडरुम,हल र किचन) सेटअप छ । दोस्रो तल्लामा अट्याच बथरुम सहितका दुईंवटा बेडरुम र माथिल्लो तल्लामा एउटा अट्याच बाथरुमसहितको बेडरुम र पूजा कोठा छ ।  १६ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा कार र ५ देखि ६ वटा बाइक पार्किङ क्षमता छ । घरको मूल्य ३ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

४. नख्खु, भैसेपाटीस्थित ७ आना जग्गामा बनेको बङ्लो घर बिक्रीमा रहेको छ । दक्षिण पूर्वी मोहडा भएको यस घरमा ५ वटा बेडरूम, ४ वटा अट्याच बथरुम र दुईंवटा कमन बाथरुम, एउटा किचन र एउटा हल र एउटा पुजा कोठा छ । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा ३ वटा कार र ५ देखि ६ वटा बाइक अट्ने पार्किङको व्यवस्था छ । यस घरको मूल्य ७ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

५. बसुन्धरा हाइटस्थित १२ आना जग्गामा बनेको बङ्लो घर बिक्रीमा रहेको छ । उत्तर-पूर्वी मोहडाको यस घरमा ५ वटा बथरुम, ५ वटा बेडरुम, २ वटा लिभिङ रुम र एउटा किचन छ । २० फिट फराकिलो कालोपत्रे गरिएको सडकको पहुँच भएको यस घरमा फराकिलो पार्किङ दिइएको छ । उस घरको मूल्य ८ करोड ७० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It