Featured

घर किन्ने सोच्दै हुनुहुन्छ ? यी हुन्, गत महिना बिक्रिमा आएका १० उत्कृष्ट घरहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । वैशाख महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा सय भन्दा धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय घरमध्येबाट उत्कृष्ट १० मा परेका प्रपर्टिहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः 

मूल्य, डिजाइन र जग्गाको क्षेत्रफलका आधारमा उत्कृष्ट मानिएका १० घरहरूः

१. बुद्ध टोल, ठमेल नजिकै ४ आना जग्गामा बनेको अढाइ तले घर बिक्रीमा रहेको छ । यो घर आवासीय र व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त छ । घरसँग ३ फिट फराकिलो सडकको पहुँच रहेको छ । ३ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ४० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Residential House for Sale in Thamel, Kathmandu

२. पैयाँटार, कपनस्थित ३ आना १ पैसा जग्गामा निर्मित ३ तले आवासीय घर बिक्रीमा रहेको छ । दक्षिण पूर्वी मोहडा भएको यस घरमा १६ फिट र १३ फिट फराकिला दुईतर्फी सडकको पहुँच रहेको छ । एउटा कार र ४ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ४७ लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Residential House for Sale at Paiyatar, Kapan

३. सुन्दरटोल बौद्धस्थित ‘हिमालयन लक्जरी होम्स’ मा ४ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको अढाइ तले घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड २५ लाख  रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

HIMALAYAN LUXURY HOMES : House for Sale in Boudha, Kathmandu

४. कोटेश्वर, काठमाडौंस्थित ४ आना जग्गामा बनेको डुप्लेक्स सिस्टमको घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको अढाइ तले घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । मोड्युलर किचन, चौबीसै घण्टा पानीको व्यवस्था भएको यस घरको मूल्य ३ करोड ४० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

Residential : House for Sale in Koteshwor, Kathmandu

५. सीतापाइलास्थित ‘शारङ्पुर हाइट कोलोनी’ ४ आना १ पैसा जग्गामा बनेको अढाइ तले घर बिक्रीमा रहेको छ । बक्स डिजाइनमा निर्मित यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र ४ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ५० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

Residential House for Sale at Sarangpur Height Colony, Sitapaila

६. सीतापाइलास्थित ‘शारङ्पुर हाइट कोलोनी’ ५ आना ३ पैसा २ दाम जग्गामा बनेको डुप्लेक्स घर बिक्रीमा रहेको छ । बक्स डिजाइनमा निर्मित यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र ४ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ८० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Residential House for Sale at Sarangpur Height Colony, Sitapaila

७. स्वयम्भू, काठमाडौंस्थित ५ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको अढाइ तले घरमा १२ फिट फराकिलो सडकको पहुँच रहेको छ । २ वटा गाडी र ६ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Residential House for Sale at Swoyambhu, Kathmandu

८. रामकोट, काठमाडौंस्थित ८ आना जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । २ वटा गाडी र ४ देखि ५ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड ४० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Residential House on Sale at Ramkot, Mahankal:

९. भैंसेपाटी, ललितपुरस्थित हार्मोनी कोलोनीका ४ आना १ पैसा जग्गामा निर्मित लग्जरियस घर बिक्रीमा रहेको छ । फुल फर्निस्ड यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड ४२ लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Fully Furnished Residential House for Sale at Harmony Colony, Bhaisepati

१०. बुढानिलकण्ठस्थित ‘रोजभिल्ला हाउजिङ’ भित्र ८ आना जग्गामा निर्मित घर बिक्रीमा रहेको छ । नियो क्लासिकल डिजाइनमा बनेको फुल फर्निस्ड लग्जरियस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । दुईवटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ७ करोड रुपैयाँ रहेको छ ।

Rose villa

यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It