News

अवैध संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशनः

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अवैध रुपमा बनेका संरचना हटाउने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्र सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउन निर्देशन दिएको हो । उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने सूचनामा उल्लेख छ ।

अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले नै हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनी समेत दिइएको छ ।

प्राधिकरणले जारी गरेको सूचनाः

अवैध संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशनः

प्रतिक्रिया दिनुहोस्
Pin It