News

२५ प्रतिशत सम्म छुटका साथ रोजभिलाका आकर्षक घरहरू बिक्रिमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । व्यवस्थित आवास, सुविधा सम्पन्न घर अनि आनन्दको वातावरण; यो आम मानिसको सपनाको बसोबास हो । शान्त, सफा र व्यवस्थित ठाउँको बसोबासले जीवनलाई अझ सुखमय महसुस गराउँछ । तर यस्तो हामीले सोचेकै जस्तो अनि खोजेकै जस्तो ठाउँ र बसाइ पाउन काठमाडौंमा त निकै मुस्किल छ । तर असम्भव चाहिँ पक्कै छैन ।

ए बि सी प्रालिले काठमाडौंको बुढानिलकण्ठमा नयाँ आवासगृहको निर्माण सम्पन्न गरेको छ । रोजभिल्ला नामांकृत उक्त आवासीय क्षेत्र विलासी र आरामदायी जीवन यापनका लागि डिजाइन गरिएका घरहरूको प्रिमियम सेट हो । 

उपत्यकाको उत्तरी भागमा अवस्थित बुढानीलकण्ठ बसोबासका लागि उत्कृष्ट ठाउँको रुपमा परिचित छ । मनोरम दृष्य र स्वच्छ वातावरणले जोकोहीलाई आकर्षित गर्दछ । उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्रको रुपमा हेरिने यस क्षेत्रमा बस्नु भनेको ‘स्ट्याटस सिम्बोल’ पनि हो । यसैकारण पनि हुनसक्छ, हिजोआज बुढानिलकण्ठ क्षेत्रमा मानिसहरूको आकर्षण निकै बढेको छ । जहाँबाट शहरको सुख सुविधा र प्रकृतिको आनन्द लिन सकिन्छ । यसैबीच रोजभिल्ला आवास सम्पूर्ण सुविधाको संयोजन सहित निर्माण गरिएको छ । 

RoseVilla-Basobaas

आकर्षक पक्षः

रोजभिल्ला आधुनिक लुकको साथै रोमन शैलीमा बनेको छ । स्वस्थ जीवनशैली  र शान्त वातावरणको प्रतिबद्धता सहित रोजभिल्लाका आकर्षक  बंगलाहरू निर्माण भएको हो । राेजभिल्ला, गङ्गालाल अस्पतालबाट ४.३ किलोमिटरका दूरीमा रहेको छ । यो आवास क्षेत्र शहरसँग त जोडिएको छ, तर कोलाहल र धुवाँ धुलोको कुनै प्रभाव पर्दैन । यसो हुँदा मनोरम प्राकृतिक सम्पदा र धार्मिक दुवै पक्षको आनन्द लिन सकिन्छ । 

भिल्लाका घरहरू सबै सेमिफर्निष्ट रहेका छन् । पार्केटिङ, दराज फिटिङ गरिएको छ । घरको भर्याङ सिजन उडको बनाइएको छ । भने प्राय कोठाहरूमा अट्याज बाथरूम रहेको छन् ।

भिल्ला निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएको छ । भविष्यमा आउनसक्ने विपदलाई मध्यनजर गर्दै निर्माण कार्य सम्पन्न गरिएको छ । साथै हामी नेपालीहरूको आस्था र विश्वासको वास्तुशास्त्रका नियमहरूलाई समेत आत्मसात गरिएको छ । इन्टरनेट तथा बिजुलीका तारहरू जमिन मुनि बिच्छ्याइएको हुँदा वस्तीमा तारहरूको अल्झन देखिँदैन । स्मार्ट भवन डिजाइन  हेर्दा पनि राम्रो, सफा र आकर्षक देखिन्छ । भिल्ला प्रवेश गर्ने बाटो २० फिट फराकिलो छ ।

भिल्ला I,II, III, IV, र V गरि पाँच क्याटेगोरीमा डिजाइन गरिएको छ । I देखि III सम्मका बंगला बिक्री भैसकेका छन् भने IV र V अन्तर्गतका २० ओटा बंगलाहरूमा  १४ ओटा बंगलाहरू बिक्रिका लागि रहेका छन् । IV मा तपाईंले ५१ आना जमिनमा छरिएका सुन्दर ४ BHK देखि 5 BHK का १० लक्जरियस घरहरू पाउनुहुनेछ । जसमा २ ओटा बंगलाहरू बिक्रि भइसकेका छन् । त्यस्तै V मा तपाईंले  ४३ आना क्षेत्रफलमा 3 BHK देखि 5 BHK का १० लक्जरियस घरहरू पाउनुहुनेछ । ति मध्य ४ ओटा बंगलाहरू बिक्रि भइसकेको छन् भने बाकी ६ ओटा बंगलाहरू बिक्रिका लागि रहेका छन् । भिलाले अत्यावाश्यक चिज परिपूर्ति अतिसुन्दर ढंगले गराउँदछ । घरको मूल्य भने घरको साइज, जग्गाको फैलावट, अवस्थिति र  तलाको आधारमा निर्धारण गरिएको छ । 

rosevilla dashain offer

स्वस्थ जीवनशैली  र शान्त वातावरणको प्रतिबद्धता सहित बुढानिलकण्ठमा आकर्षक भिलाहरू धमाधम बिक्रि भइरहेको छन् । भिल्ला खरिद गर्न चाहाने ग्राहकहरूलाई बसोबास नेपालले दशैं अफर लिएरआएको छ । जसमा हरेक घर खरिदमा ५ देखी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । अब तपाईंले रोज भिल्लाका हरेक वंगलाको खरिदमा २२ लाख देखि १ करोडसम्मको छुट पाउँनुहुनेछ ।   

रोज भिल्लामा के कस्ता सेवा सुविधा छन् त! 

 पानी

पानी को समस्याले काठमाडौंका बासिन्दालाई दिएको हैरानी हरकोहिले महसुस गर्न सक्छ । यस्तोमा पानीको समस्याबाट मुक्ति कसको चाहना नहोला र ! जसलाई ध्यानमा राखेर रोजभिलाले प्राकृतिक स्रोतको (स्प्रिंग वाटर शुद्ध पानी आपूर्ति गरिएको  छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था रहेको छ । 

पार्किङ

सार्वजनिक यातायातमा हुने सास्तिबाट छुटकारा पाउन आफ्नै सवारी साधनको चाहना हुनु स्वभाविक हो । सवारी साधन भएपछि उपयुक्त व्यवस्थापनको लागि पार्किङ त चाहिने नै भयो । जसलाई मध्यनजर गर्दै भिल्लाका प्रत्येक घरमा दुई वटा कार पार्किङ बनाइएको छ । साथै बंगलाहरुकाे अगाडि खाली ठाउँ राखिएको छ, जसले वरपरको क्षेत्रमा सुन्दरता थपिदिएको छ ।

यातायात

यो भिल्ला चक्रपथ, बालाजु, लाजिम्पाट, दरबारमार्ग, रत्नपार्क जस्ता प्रमख व्यापारीक केन्द्रको नजिक भएकाले पनि बसोबासका लागि उपयुक्त रोजाइ बनेको छ । पर्यटकीय स्थल भएका कारणले गर्दा पनि यहाँ यातायातको असुविधा हुने कुरै भएन । साथै उपत्यका भित्र तथा बाहिरका ठाउँहरूमा यात्राका लागि पनि एकदम पायक पर्ने स्थानमा भिला अवस्थित छ । 

शिक्षा र स्वास्थ्य

स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकतामा सम्झौता गर्ने कुरा त पक्कै भएन । कहिलेकाहीँ स्वास्थ्यमा गाह्रो साह्रो पर्दा नजिकमा राम्रो अस्पताल हुनुले जीवनयापनलाई निर्धक्क बनाउँदछ । भिलादेखि ४ कि. मि को दूरीमा गङ्गालाल हस्पिटल हुनु भनेको यो लग्जरियस हाउजिङको मुख्य आकर्षणको पाटो हो । 

त्यसैगरी अर्को चासोको विषय हो शैक्षिक संस्था । बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि घरबाट टाढा पठाउन नपर्ने भएमा धेरै हदसम्म चिन्ताबाट मुक्ति मिल्दछ । त्यसो त चक्रपथ देखि थोरै दूरीमा भिला रहेको हुँदा थुप्रै नाम चलेका शैक्षिक संस्थाहरू वरिपरि पाउन सकिन्छ । 

अन्य

बैंकिङ कारोबार, सपिङ तथा मनोरञ्जनका लागि एक किलोमिटरको दूरीमा बिगमार्ट, बैंक र पार्क समेत रहेका छन् । सुरक्षा प्रत्याभूतिका लागि सेक्युरिटी गार्ड पनि रहेको छ ।

रकम भुक्तानीका लागि

यो भिलामा बस्न चाहनेहरूका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । तत्कालै  तपाईंसँग पर्याप्त रकम छैन भने सुरुवातमा ३० प्रतिशत भुक्तानी गर्न सक्नुहुन्छ । साथै स्वामित्व हस्तान्तरणकाे लागि ३ महिनामा सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।  बसोबास नेपालको प्लेटफर्म मार्फत भिला खरिद गर्दा लोनको समेत व्यवस्था गरिएको छ । पहिलो चोटी होम लोन लिने हुँदा घरको मुल्यको ६० प्रतिशत तपाईंले लोन पाउँनुहुनेछ । यस्तै दोस्रो वा तेस्रो पटक लिँदै हुनुहुन्छ भने ३० प्रतिशत सम्मको लोनको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It