Property

घर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Pinterest LinkedIn Tumblr
मानिसले घरजग्गा जोड्नका लागि जीवनभर दुःख गरेको हुन्छ ।

आफुले कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले घरजग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

घर किन्दा ध्यान दिनु पर्ने कुराहरुः

घर भनेको जीवनमा धेरैचोटी किनीरहन सकिदैन । त्यसैले घर किन्दा विशेष ध्यान दिनुपर्छ ।

– घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पु¥याएर मात्र घर किन्नु पर्छ।

– घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ।

– भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ।

– घरको लोकेशन/ठाउँ पनि विचार पु¥याउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ।

– सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ।

– वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ।

– घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पु¥याएर मात्र घर किन्नु राम्रो हुन्छ।

– कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ।

– सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पु¥याएर घर किन्नु पर्छ।

– समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन। समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन। त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ।

– प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पु¥याएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ।

– घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पु¥याएर मात्र घर किन्नु पर्छ।

– घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ।

– बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It