Property

विशेष छुटसहित बुढानिलकण्ठस्थित आकर्षक घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्र बुढानिलकण्ठस्थित आकृति कोलोनीका घरहरूमा विशेष छुट दिइने भएको छ । बसोबास प्रपर्टी इभेन्ट अन्तर्गत कोलोनीका घर बुकिङ गर्ने सेवाग्राहीले  ३० लाखसम्म छुट पाउने भएका हुन् । 

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रपर्टी इभेन्टमा समावेश आकृति कोलोनी १८ रोपनीमा फैलिएको छ । कोलोनीभित्र जम्मा २३ वटा घरहरू छन् । जसमध्ये १४ युनिट बिक्री भइसकेका छन् भने अब ९ युनिट मात्र बिक्री हुन बाँकी छन् । 

७ देखि ९ आना जग्गामा निर्मित यी घरहरू 3 BHK देखि 4 BHK सम्मका छन् । इभेन्टमा सहभागी भइ घर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र छुटको व्यवस्था गरिएको छ । 

आकृति कोलोनीः उत्कृष्ट डिजाइन र अत्याधुनिक सुविधासम्पन्न घरहरू
आकृति कोलोनी  नै किन ?

सीडी डेभलपरले निर्माण गरेको यस कोलोनीका प्रत्येक घरहरू शानदार र सुविधासम्पन्न छन् । सेतो रङ्गले रङ्गिएका सुन्दर घरहरू किन्न तपाईंले थुप्रै कारणहरू पाउनुहुनेछ; जस्तो कि:

१. उपयुक्त स्थान र शान्त वातावरण

उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्रको रूपमा परिचित बुढानीलकण्ठ क्षेत्र अरुको तुलनामा विकसित र सुविधासम्पन्न छ । स्वच्छ र कोलाहलमुक्त वातावरणका साथै हस्पिटल, विद्यालयको सहज पहुँच भएको यो क्षेत्र बसोबासका लागि निकै उपयुक्त छ । 

२. आकर्षक डिजाइन र गुणस्तरीय निर्माण सामग्री

रोमन शैलीमा निर्मित कोलोनी ग्रीक वा रोमनका मन्दिरहरूको डिजाइनमा निर्माण गरिएको छ । यस डिजाइनका घरहरू अगाडि र पछाडिबाट हेर्दा उस्तै देखिन्छन् । सेमिफर्निस्ड यी घरमा किचन र बाथरुम भने फूल फर्निस्ड छन् । गुणस्तरीय फिटिङ, जिइओ ब्रान्डको किचन र जाक्वर ब्रान्डका धाराहरूको प्रयोग गरिएको छ । त्यस्तै यी घरमा युपिभीसीका झ्याल, काठका ढोका र फ्लोरिङमा टायलको प्रयोग भएको छ ।

गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरि निर्माण भएका कोलोनीका घरहरू भुकम्प प्रतिरोधात्मक छन् । साथै, कोलोनीका प्रत्येक घरमा ५० प्रतिशत भाग बगैँचा र खुला क्षेत्रको लागि छुट्याइएको छ । 

३. उच्च प्रतिफल दिने क्षेत्र

भीआईपी आवासीय क्षेत्रका रूपमा परिचित भएकाले कोलोनी लगानीमैत्री र उच्च प्रतिफल दिने क्षेत्रमा पर्दछ । साथै चक्रपथ नजिकैको यस क्षेत्रमा घरजग्गाको मूल्य छिटोछिटो बढ्ने हुँदा राम्रो प्रतिफल लिन सकिन्छ । 

४. शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच 

चक्रपथबाट करिब ३ किलोमिटरको दूरीमा कोलोनी रहेकाले आवतजावतका लागि सहज छ । त्यसैगरी चक्रपथ-बुढानीलकण्ठ सडक कोलोनीबाट करिब १ किलोमिटरको दूरीमा रहेको कोलोनीमा  २६ फिटको फराकिलो सडकको पहुँच रहेको छ भने कोलोनी भित्र २० फिटको सडक रहेको छ । पार्किङका लागि भने कोलोनीका प्रत्येक घरमा दुईवटा गाडी सहित केही बाइक पार्किङ छुट्याइएको छ ।

चक्रपथ नजिकै भएकाले ठुला विद्यालय र कलेजहरूको सहज पहुँच छ । त्यसबाहेक कोलोनी नजिकै जोसेप इङ्लिस स्कुललगायत अन्य नाम चलेका शैक्षिक संस्थाहरू छन् । त्यस्तै, स्वास्थ्य सुविधाका लागि कोलोनी नजिकै न्युरो (neuro hospital) हस्पिटल छ । 

५. अन्य सुविधाहरू

आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै कोलोनीमा बोरिङको पानी, बिजुली र ढल निकासको राम्रो व्यवस्था गरिएको छ । तातो/चिसो पानीका लागि प्रत्येक घरमा सोलार जडान गरिएको छ ।

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्
Pin It