Luxury Living

आकृति कोलोनीः १० वटा लग्जरियस घर बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । शान्त वातावरणमा सुविधा सम्पन्न घर भन्नासाथ कोलोनीका घर धेरैको रोजाइमा पर्छन् । उपत्यकाभित्र सुव्यवस्थित कोलोनीमा आफ्नो घर होस् भन्ने चाहनेहरूका लागि आकृति कोलोनीले आकर्षक घरहरू ल्याएको छ ।

बुढानिलकण्ठस्थित हेपाली हाइटमा आकृति कोलोनीमा सुविधासम्पन्न घरहरू बिक्रीमा छन् । १८ रोपनीमा फैलिएको कोलोनीमा नियो क्लासिकल डिजाइनका २८ वटा आकर्षक घरहरू छन् ।

कोलोनी चक्रपथबाट करिब ३ किलोमिटरको दूरीमा रहेको छ । यहाँका घरलाई बाहिर सेतो रङले रंगाइएको छ ।आकृती कोलोनीका १० युनिट लग्जरियस घरहरू बिक्रीमा

२६ फिटको फराकिलो सडकको पहुँच रहेको कोलोनी भित्र २० फिटको सडक रहेको छ । फराकिला कोठा र अट्याच बाथरुम सहितका ४BHK लग्जरियस घरहरू छन् ।

सेमिफर्निस्ड यी घरमा गुणस्तरीय फिटिङ, जिइओ ब्रान्डको किचन र जाक्वर ब्रान्डका धाराहरूको प्रयोग गरिएको छ । त्यस्तै यी घरमा युपिभीसीका झ्याल, काठका ढोका र फ्लोरिङमा टायलको प्रयोग भएको छ ।

आकृती कोलोनीका १० युनिट लग्जरियस घरहरू बिक्रीमा

कोलोनीका घरहरू जग्गाको आकार र प्रकृतिअनुसार निर्माण गरिएका छन् । घरहरूले ७ देखि ९ आना जग्गा ओगटेका छन् ।

कोलोनीका प्रत्येक घरमा ५० प्रतिशत भाग बगैँचा र खुला क्षेत्रको लागि छुट्याइएको छ । गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरि निर्माण भएका कोलोनीका घरहरू भुकम्प प्रतिरोधात्मक छन् ।

कोलोनीका १८ युनिट बिक्री भइसकेका छन् भने अब १० युनिट मात्र बिक्री हुन बाँकी छन् । कोलोनीका घरको मूल्य ५ करोड ८३ लाख देखि ६ करोड ७७ लाख रुपैयाँ तोकिएको छ ।

आकृती कोलोनीका १० युनिट लग्जरियस घरहरू बिक्रीमासेवा तथा सुविधाः

आधारभूत आवश्यकतालाई मध्येनजर गर्दै कोलोनीमा बोरिङको पानी, बिजुली र ढल निकासको राम्रो व्यवस्था गरिएको छ । तातो/चिसो पानीका लागि प्रत्येक घरमा सोलार जडान गरिएको छ ।

कोलोनी नजिकै जोसेप इङ्लिस स्कुललगायत अन्य नाम चलेका शैक्षिक संस्थाहरू छन् । त्यस्तै, स्वास्थ्य सुविधाका लागि कोलोनी नजिकै न्युरो (neuro hospital) हस्पिटल छ ।

यातायात तथा सडक सुविधाको कुरा गर्नुपर्दा कोलोनीबाट करिब १ किलोमिटरको दूरीमा चक्रपथ-बुढानीलकण्ठ सडक रहेकाले आवतजावतका लागि सहज छ । त्यस्तै, कोलोनीका प्रत्येक घरमा दुईवटा गाडी सहित केही बाइक पार्किङ क्षमता रहेको छ ।आकृती कोलोनीका १० युनिट लग्जरियस घरहरू बिक्रीमा

‘आकृति कोलोनी’का आवासीय घर र बसोबासमा लिस्टिङ भएका प्रपर्टिको बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It