Property

विशेष छुटसहित बुढानिलकण्ठस्थित आकर्षक घरहरू बिक्रीमा 

By BabinaDecember 17, 20232 min read
विशेष छुटसहित बुढानिलकण्ठस्थित आकर्षक घरहरू बिक्रीमा 

काठमाडौं । उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्र बुढानिलकण्ठस्थित आकृति कोलोनीका घरहरूमा विशेष छुट दिइने भएको छ । बसोबास प्रपर्टी इभेन्ट अन्तर्गत कोलोनीका घर बुकिङ गर्ने सेवाग्राहीले  ३० लाखसम्म छुट पाउने भएका हुन् । 

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रपर्टी इभेन्टमा समावेश आकृति कोलोनी १८ रोपनीमा फैलिएको छ । कोलोनीभित्र जम्मा २३ वटा घरहरू छन् । जसमध्ये १४ युनिट बिक्री भइसकेका छन् भने अब ९ युनिट मात्र बिक्री हुन बाँकी छन् । 

७ देखि ९ आना जग्गामा निर्मित यी घरहरू 3 BHK देखि 4 BHK सम्मका छन् । इभेन्टमा सहभागी भइ घर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र छुटको व्यवस्था गरिएको छ । 

आकृति कोलोनीः उत्कृष्ट डिजाइन र अत्याधुनिक सुविधासम्पन्न घरहरू
आकृति कोलोनी  नै किन ?

सीडी डेभलपरले निर्माण गरेको यस कोलोनीका प्रत्येक घरहरू शानदार र सुविधासम्पन्न छन् । सेतो रङ्गले रङ्गिएका सुन्दर घरहरू किन्न तपाईंले थुप्रै कारणहरू पाउनुहुनेछ; जस्तो कि:

१. उपयुक्त स्थान र शान्त वातावरण

उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्रको रूपमा परिचित बुढानीलकण्ठ क्षेत्र अरुको तुलनामा विकसित र सुविधासम्पन्न छ । स्वच्छ र कोलाहलमुक्त वातावरणका साथै हस्पिटल, विद्यालयको सहज पहुँच भएको यो क्षेत्र बसोबासका लागि निकै उपयुक्त छ । 

२. आकर्षक डिजाइन र गुणस्तरीय निर्माण सामग्री

रोमन शैलीमा निर्मित कोलोनी ग्रीक वा रोमनका मन्दिरहरूको डिजाइनमा निर्माण गरिएको छ । यस डिजाइनका घरहरू अगाडि र पछाडिबाट हेर्दा उस्तै देखिन्छन् । सेमिफर्निस्ड यी घरमा किचन र बाथरुम भने फूल फर्निस्ड छन् । गुणस्तरीय फिटिङ, जिइओ ब्रान्डको किचन र जाक्वर ब्रान्डका धाराहरूको प्रयोग गरिएको छ । त्यस्तै यी घरमा युपिभीसीका झ्याल, काठका ढोका र फ्लोरिङमा टायलको प्रयोग भएको छ ।

गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरि निर्माण भएका कोलोनीका घरहरू भुकम्प प्रतिरोधात्मक छन् । साथै, कोलोनीका प्रत्येक घरमा ५० प्रतिशत भाग बगैँचा र खुला क्षेत्रको लागि छुट्याइएको छ । 

३. उच्च प्रतिफल दिने क्षेत्र

भीआईपी आवासीय क्षेत्रका रूपमा परिचित भएकाले कोलोनी लगानीमैत्री र उच्च प्रतिफल दिने क्षेत्रमा पर्दछ । साथै चक्रपथ नजिकैको यस क्षेत्रमा घरजग्गाको मूल्य छिटोछिटो बढ्ने हुँदा राम्रो प्रतिफल लिन सकिन्छ । 

४. शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच 

चक्रपथबाट करिब ३ किलोमिटरको दूरीमा कोलोनी रहेकाले आवतजावतका लागि सहज छ । त्यसैगरी चक्रपथ-बुढानीलकण्ठ सडक कोलोनीबाट करिब १ किलोमिटरको दूरीमा रहेको कोलोनीमा  २६ फिटको फराकिलो सडकको पहुँच रहेको छ भने कोलोनी भित्र २० फिटको सडक रहेको छ । पार्किङका लागि भने कोलोनीका प्रत्येक घरमा दुईवटा गाडी सहित केही बाइक पार्किङ छुट्याइएको छ ।

चक्रपथ नजिकै भएकाले ठुला विद्यालय र कलेजहरूको सहज पहुँच छ । त्यसबाहेक कोलोनी नजिकै जोसेप इङ्लिस स्कुललगायत अन्य नाम चलेका शैक्षिक संस्थाहरू छन् । त्यस्तै, स्वास्थ्य सुविधाका लागि कोलोनी नजिकै न्युरो (neuro hospital) हस्पिटल छ । 

५. अन्य सुविधाहरू

आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै कोलोनीमा बोरिङको पानी, बिजुली र ढल निकासको राम्रो व्यवस्था गरिएको छ । तातो/चिसो पानीका लागि प्रत्येक घरमा सोलार जडान गरिएको छ ।

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Aakriti colonyattractive side of aakriti colonyHouse for sellhouse for sell in bhaktapurhouse for sell in Budhanilakanthahouse for sell in kathmanduhouse for sell in lalitpur

You May Also Like

More stories from Basobaas