News

बागमतीमा ‘सिग्नेचर’ पुल निर्माण गरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । बागमती नदिमा सिग्नेचर पुल निर्माण हुने भएको छ । ललितपुरलाई काठमाडौंसँग जोड्ने थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने गरि पुल निर्माण हुन लागेको हो । 

दुवै जिल्लाको मौलिकता समेट्ने गरी  ‘सिग्नेचर पुल’को निर्माण हुने बताइएको छ । पुलको अध्ययन आगामी आर्थिक वर्षमा थाल्ने तयारी सडक विभाग पुल महाशाखाको रहेको छ । 

शारीरिक रुपमा अशक्तलाई समेत ध्यान दिएर लिफ्ट वा र्याम्प राख्दा कसरी बनाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिने विभागको भनाइ छ । 

हाल बागमती पुलमा सवारी चाप बढिरहेकाले विकल्पका रुपमा आसपासका क्षेत्रमा नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो । 

पुलले सामाजिक समावेशीकरणलाई समेत ध्यान दिने जनाइएको छ । पुलको आकर्षण बढाउन टुप्पोमा घर वा मन्दिर बनाउने कि धार्मिक वा स्थानीय झलक दिने भनी प्रयास गरिने भएको छ । 

बुद्धनगरमा काठमाडौं ललितपुर जोड्ने पुल सञ्चालनमा छ । यद्यपि उक्त पुलको अवस्था पनि थप सवारीसाधनको भार थेग्न नसक्ने छ । 

बिहान र साँझ दुवै पुलमा सवारी चाप उच्च रहेकाले त्यसलाई कम गर्नका लागि पनि त्यसको विकल्पमा अर्काे पुल बनाउने योजना बनाइएको हो ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It