Lifestyle

घरमा राखिने भित्ते घडीकाे महत्वः दिशा मिलाएर राख्दा हुनेछ मनग्य लाभ

By BabinaMay 29, 20224 min read
घरमा राखिने भित्ते घडीकाे महत्वः दिशा मिलाएर राख्दा हुनेछ मनग्य लाभ

काठमाडौं । समय आफैमा अमूल्य चिज हो । यसकारण पनि हरेक पलको सही उपयोग गर्न नसक्दा कति कार्यहरूमा कठिनाइको सामना गर्नुपर्ने हुन्छ । जब मानव सभ्यताको विकास हुँदै गयो, मानिसहरूले समयको व्यवस्थापनका लागि विभिन्न उपायको खोज गर्न थाले । जसको एक महत्वपूर्ण कदम हो घडीको निर्माण ।  सुरुवाती समयमा सूर्यको दिशालाई हेरेर दिन र रातको अनुमान लगाउने गरिन्थ्यो । 

मानिसको कार्यशैलीलाई व्यवस्थित र छरितो बनाउन प्रयोग सुरू भएको घडीको हिजोआज उत्ति महत्व छैन । यद्यपि प्रयोग हुँदै नहुने पनि होइन । कतिपय अवस्थामा त सजावटको सामग्री जस्तो मात्र देखिन्छ । त्यसो त, घर तथा अफिसमा राखिने घडीको रखौट र महत्व केकस्तो छ भन्ने विषयमा आज हामी कुरा गर्दैछौँ । 

घडी

समय सूचकाङ्क घडीका विभिन्न किसिम छन् । भित्तामा राखिने घडि देखि लिएर हिजोआज हातहातमा भएका स्मार्टवाच सम्मलाई उदाहरणमा लिन सकिन्छ । वास्तु शास्त्रका अनुसार घडीले समय हेर्ने मात्र होइन, घडीले मानिसको जीवनमा विशेष प्रभाव पार्छ भन्ने गरिन्छ । 

घडीको आकार

वास्तु शास्त्रमा घडी गोलो तथा अण्डाकार भएमा सबैभन्दा उत्तम मानिन्छ । तर आजकाल बजारमा धेरै प्रकारका घडी देख्न सकिन्छ । जसमा घरको सदस्य वा भगवानको तस्बिरको पनि लगाइन्छ । तर घडीको साथमा घरको सदस्य वा भगवानको तस्बिर लगाउनु नराम्रो मानिन्छ । यसले घरका सदस्यमा समयको प्रभाव पर्दछ ।

घडीकाे लागि उपयुक्त दिशा 

के तपाईंलाई थाहा छ, उत्तर दिशामा धन र समृद्धिका देवता कुबेरको आसन रहन्छ । जसले गर्दा उक्त दिशामा भित्ते घडी राख्नु लाभदायक मानिन्छ । भन्ने गरिन्छ, उत्तर दिशामा  घडी राख्नाले परिवारमा आइपर्ने सबै आर्थिक कठिनाइहरू टाढा रहन्छन् ।

सँधै यस दिशामा घडी राख्न सम्भव हुन्छ भन्ने त छैन । यदि यस्तो अवस्था भएमा पूर्व दिशामा घडी राख्न सकिन्छ । पूर्वमा देवता र स्वर्गका राजा इन्द्रको आसन रहन्छ ।  यसरी घडी राख्नाले घरमा समृद्धि र उन्नति प्राप्त हुने विश्वास रहिआएको छ । 

उत्तर-पूर्व दिशामा सेतो रङ्गको घडी हुनु राम्रो मानिन्छ । यि दिशामा गोलाकार अथवा अण्डाकारको घडी लगाउनु राम्रो हुन्छ । यस दिशामा भरपुर सकारात्मक उर्जा हुने हुँदा यसरी घडी लगाउँदा परिवारका सदस्य मेहनेती र उनिहरूको स्वास्थ्य राम्रो हुने विश्वास छ । यदि यि दिशाहरूमा उपयुक्त स्थान नभएमा पश्चिम दिशामा पनि राख्न सकिन्छ । पश्चिम दिशामा वर्षाको स्वामी वरुणको आसन रहन्छ । जसले जीवनमा स्थिरताको संकेत गर्दछ । 

सुत्ने कोठाका लागि भित्ते घडीः

सुत्ने कोठाका लागि विशेषत टेबल घडी नै राख्ने गरिन्छ । यद्यपि  भित्ते घडी नै लगाउने हुँदा भने केही कुराहरूमा संयमता अपनाउनु आवश्यक छ । सुत्ने कोठामा घडीलाई पूर्वपट्टी पारेर राख्नुपर्छ । विकल्पको रूपमा उत्तर दिशामा पनि राख्न सकिन्छ । यदि तपाईं दक्षिणतिर टाउको फर्काएर सुत्नुहुन्छ भने,घडीलाई  उत्तर वा पूर्व दिशाकाे पर्खालमा राख्नु शुभ हुन्छ । ओछ्यान वा सुत्ने कोठाको ढोका अगाडि रिफ्लेक्टिव ऐना भएको घडीहरू राख्नु हुँदैन । साथै, भित्ते घडी बिच्छयौनाबाट टाढा हुनुपर्छ । 

यि दिशामा घडी राख्नै नहुनेः 

हामी मध्ये धेरैले घडी राख्दा दिशालाई भन्दा पनि आफ्नो सहजतालाई ध्यानमा राख्छौ । यसो गर्नुलाई वास्तुले राम्रो मान्दैन । घडीलाई गलत दिशामा राख्दा आर्थिक हानी हुनुका साथै उन्नति प्रगतिको बाटो समेत बन्द हुने वास्तुमा उल्लेख छ । वास्तुका अनुसार भित्ते घडी दक्षिण दिशामा राख्नु हुँदैन । यस दिशामा मृत्युका स्वामी यमको आसन रहेको हुन्छ । अन्यथा, यसले तपाईंको परिवारमा नकारात्मक प्रभाव पार्नेछ । त्यसैले यस दिशालाई अशुभ मानिन्छ ।  वास्तुका अनुसार घरमा दक्षिण दिशामा घडी राख्ने हो भने घरको मुखिया सँधै बिरामी रहन्छ । यस दिशामा राखिएको घडीले स्वास्थ्यमा मात्र असर गर्दैन, प्रगतिशील पनि हुन सकिन्न । 

कतिपय घरहरूमा ढोकाको सिधा माथि घडी झुन्ड्याइएको देख्न सकिन्छ । तर यसो गर्दा घडीको मुनिबाट गुज्रने कुराहरूमा नकारात्मक ऊर्जाले सबैभन्दा बढी प्रभाव पार्छ । यसबाहेक घरमा कुनै घडी बन्द अवस्थामा छ वा खराब छ भने त्यसलाई तत्काल हटाउनुपर्छ । वास्तवमा, खराब वा रोकिएको घडीले नकारात्मक ऊर्जालाई संकेत गर्दछ । 

घरमा राखिएको बन्द घडीले तपाईंको जीवनमा समस्या ल्याउन सक्छ ।  ‘बन्द घडीले पनि दिनको दुई पटक सही समय बताउँछ’ यो भनाइ निकै प्रचलित पनि छ । तर हामीलाई थाहा छैन बन्द घडीले  धेरै प्रकारका विपत्तिहरू ल्याउन सक्छ। वास्तु शास्त्र अनुसार घरमा भाँचिएको घडी र बन्द घडी अशुभको सूचक मानिन्छ । वास्तु शास्त्र अनुसार घरमा बन्द घडी राख्नाले गरिबी बढ्छ ।  वास्तु शास्त्रले यो पनि भनेको छ कि- पेन्डुलम घडी भएको घरमा खराब समय र नराम्रो समयको प्रभाव पर्दैन । त्यस्तो घडी आफ्नो कार्यस्थल वा ड्रइङ्ग रुम (गेस्ट रुम) मा राख्नु उचित हुन्छ ।

pendulum clock

पेन्डुलम घडीले मानव जीवनको खराब समयलाई हटाउने विश्वास गरिन्छ । यसले विकासको लागि नयाँ अवसरहरू ल्याउँछ । यस घडीले टिक टिकको ठूलो आवाज निकाल्छ । जसका कारण सम्पूर्ण परिवार ऊर्जावान् रहन्छ । साथै, यसले घरको वातावरणलाई पनि ऊर्जावान् राख्छ । पेन्डुलम घडीको लागि पनि पूर्व, उत्तर-पूर्व वा उत्तर दिशा शुभ मानिन्छ ।

त्यस्तै रातो, कालो वा नीलो रङ्गको घडी घर वा कार्यालयमा प्रयोग गर्नुहुँदैन भने पहेँलो, हरियो वा हल्का खैरो रङ्गको घडी लगाउनु शुभ हुन्छ। 

clockdirection of clockpendulum clockVastu for wall clockwall clock

You May Also Like

More stories from Basobaas