Development

देशका विभिन्न चार स्थानमा पुल निर्माण गर्दै सडक विभाग

Pinterest LinkedIn Tumblr

काठमाडौं । सडक विभागले आगामी आर्थिक वर्षमा देशभरका विभिन्न चार स्थानमा पुल निर्माण गर्ने भएको छ । विभागले बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रूपन्देहीको तिनाउ नदीमा पुल निर्माण प्रकृया अघि बढाएको हो । 

विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन् । त्यस्तै, यी पुलस्थित ठाउँको परिचय झल्किने गरी पुल निर्माणका लागि अध्ययन थालिसकिएको पुल महाशाखाले जनाएको छ .

स्थानीय मौलिकता समेट्ने गरी डिजाइन भई बन्ने नयाँ पुलहरूले ती ठाउँको परिचय झल्काउने अपेक्षा गरिएको ।

काठमाडौंमा मन्दिर वा कुनै कलात्मक वस्तु, चितवनमा गैँडा जस्तै अन्य ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने गरि पुल निर्माण गर्ने योजना रहेको छ । 

तिनाउ नदीमा विश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । 

पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It