News

३ महिनामै २७ अर्बले बढ्यो पहिलो आवासीय घर कर्जा

Pinterest LinkedIn Tumblr

काठमाडौं । पहिलो आवासीय घर कर्जाको सीमा बढाएसँगै घर बनाउन बैंकबाट ऋण लिनेहरूको संख्या पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूले दिने व्यक्तिगत आवासीय घर कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर कर्जा असोज मसान्तमा २६ अर्ब ७८ करोड रुपैयाँले बढेर ३ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा बढाएको थियो । जसअनुसार पहिलो घर बनाउन एक व्यक्तिले अधिकतम २ करोड रुपैयाँ कर्जा पाउथेँ । यसअघि आवास कर्जा १ करोड ५० लाख रुपैयाँमात्र थियो । 

आवास कर्जा तीन हजार वर्गफिटसम्मको घर निर्माण, खरिद वा अपार्टमेन्ट निर्माणको लागि पाइन्छ ।

त्यस्तै, रियल स्टेट कर्जातर्फ रेसिडेन्सियल रियल स्टेट कर्जा २ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ६५ अर्ब ५१ करोड रुपैयाँ रहेकामा असोज मसान्तमा ६६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

यो पनि पढ्नुहोस्ः असोजमा ३९ हजार घरजग्गा खरिद बिक्री

आवास कर्जा सहज भएसँगै घरजग्गा कारोबार, निर्माण क्षेत्र सिमेन्ट, डण्डी, रंग लगायतका उद्योगको गतिविधि पनि बढ्ने र अर्थतन्त्र सुधार हुने अपेक्षा गरिएको छ । 

घरजग्गा कारोबारमा पनि सुधार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरी कर्जाको सीमा बढाएसँगै घरजग्गाको कारोबारमा केही सुधार देखिएको छ । चाडपर्वपछि निर्माणको समय भएकाले कारोबारमा अझै सुधार हुनसक्ने व्यवसायीको भनाइ छ । 

चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म देशभरका मालपोत कार्यालयबाट १ लाख १४ हजार ८३० वटा  घरजग्गा लिखत पारित हुँदा ११ अर्ब २९ करोड ५२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It