News

बढ्न सकेन घरजग्गा कारोबार, असोजमा ३९ हजार घरजग्गा खरिद बिक्री

Pinterest LinkedIn Tumblr

काठमाडौं । कित्ताकाट खोलेपनि असोजमा घरजग्गा कारोबार अपेक्षाकृत रुपमा बढ्न सकेन । साउनमा भन्दा भदौमा घरजग्गा कारोबार घटेको भएपनि असोजमा केही सुधार देखिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ७ सय ९३ वटा घरजग्गा किनबेच भएको छ । गत भदौमा भने ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो ।

विभागका अनुसार असोज महिनामा ४७ हजार ३८९ वटा जग्गा कित्ताकाट भइ १ लाख ६ हजार ३४९ कित्ता कायम भएको छ ।

गत साउनमा ३५ हजार घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब राजस्व संकलन गरेको थियो । असोज महिनामा कारोबारमा सुधार आउँदा ४ अर्ब ४३ करोड ५४ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

सरकारले गत साउन ३० गते कित्ताकाट पुरानै अवस्थामा खोल्ने निर्णय गरेको थियो । सरकारले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेपनि हालसम्म कार्यान्वयनमा नआएपछि कित्ताकाट खुलाउन पुनः अर्को निर्णय गरिएको छ । 

कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमान भएपनि कारोबारमा खासै सुधार भने देखिएको पाइदैन । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It