News

जग्गा हदबन्दी हटाउन घरजग्गा व्यवसायीको माग, भन्छन्- ‘व्यवस्थित सहर बन्न अप्ठ्यारो भयो’ 

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा व्यवसायीले ठूला सहर बनाउन जग्गा हदबन्दी हटाउनुपर्ने माग राखेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघ दोस्रो साधारण सभामा व्यवसायीहरूले जग्गा हदबन्दीले व्यवस्थित सहर बन्न अप्ठ्यारो भएको बताए । 

जग्गा तथा आवास विकास महासंघ अध्यक्ष भेषराज लोहनीले ठूला सहर बनाउन महासंघ स्थापना गरेको बताउँदै सबै व्यवसायी मिलेर ५० अर्बको लिमिटेड कम्पनी स्थापना गर्ने सोच रहेको र त्यसका लागि हदबन्दीले समस्या भएको जानकारी दिए । 

ल्यान्ड पुलिङ, ल्यान्ड मार्केट अवधारणा अघि बढाएको बताउँदै लाइसेन्स भएका व्यक्तिले मात्रै कारोबार गर्न पाउने व्यवस्था अत्यावश्यक रहेको लोहनीले बताए। घरजग्गा व्यवसायमा जग्गा हदबन्दीको कारण अप्ठ्यारो भइरहेको व्यवसायीहरूको भनाइ छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घका उपाध्यक्ष राजकुमार राईले नेपालमा अझै घरजग्गा व्यवसायी खुलेर भन्नसक्ने अवस्था नरहेको बताए ।

साधारण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जो पनि घरजग्गा व्यवसायी हुँदा विसंगति बढेको बताए । मुख्यमन्त्री पाण्डेले डेभलपरहरूले सहरभित्र सहर नभई नयाँ सहर नै बनाउनु पर्ने बताए । उनले जग्गाको हदबन्दी सम्बन्धी कानुन बनाउने अधिकार प्रदेशलाई नभएको सुनाए ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It