Vaastu

घरआँगनमा लगाउँदा शुभ मानिने बिरुवा पारिजातका रहस्य

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर तथा अफिसमा सुन्दर र सौम्य वातावरण सिर्जना गर्न बोटबिरुवाले विशेष भूमिका खेल्छन् । विशेषगरी घरको कम्पाउन्डभित्र वास्तुअनुसार शुभ मानिने रूख तथा बिरुवा लगाउने चलन पनि छ । त्यस्तै एक प्रभावकारी र शुभ वृक्ष हो ‘पारिजातसँग सम्बन्धी रहस्य र फाइदाजनक कुराको विस्तृत जानकारी आजको लेखमा,

पारिजातको धार्मिक महत्वः

हिन्दु धर्ममा आस्था राख्नेहरूले देवीदेवताको पूजा आरधाना गर्दा पारिजातको प्रयोग गर्नु शुभ मानिन्छ । सुन्दर  पारिजातको फूल देख्दा जति सुन्दर लाग्छ त्यत्तिकै रहस्यमय छ यो फूलसँग जोडिएका धार्मिक किंवदन्तीहरू । 

पारिजातसम्बन्धी एक वियोगान्त किम्वदन्ती यस्तो छ; ‘पारिजात एक राजपुत्री थिइन् । उनको सूर्यसँग गहिरो प्रेम थियो । तर पछि सूर्यले उनलाई तिरस्कार गरि टाढिन्छन् । प्रेमवियोग खप्न नसकेर पारिजातले आत्महत्या गर्छिन् । उनको दाहसंस्कार गरिन्छ । उनको चिताको खरानीबाट एउटा वनस्पति उत्पन्न हुन्छ सोही वनस्पति हो पारिजात ।’ सूर्यले तिरस्कार गरेकै कारण सूर्योदय हुनु अगावै पारिजातका सबै फूल झर्छन् भन्ने जनविश्वास छ । 

वास्तुमा पारिजातः

रातभर ढकमक्क फुलेर बिहान सूर्य उदाउनुभन्दा पहिला झरिसक्ने पारिजातले मानव मस्तिष्कलाई शान्त बनाउने विश्वास गरिन्छ । वास्तुशास्त्रले पारिजातलाई घरमा भएका नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा भर्ने वृक्षका रुपमा व्याख्या गर्दछ ।  

वास्तुका अनुसार पारिजातको बिरुवा घरमा राख्दा सुखसमृद्धि मिल्छ र यो बिरुवाले वास्तु दोष हटाउँछ । पारिजातलाई घरमा लगाउँदा वास्तु, देव र पितृदोष समेत नास निवारण  हुने विश्वास छ । 

पारिजातको बोट घरको उत्तर वा पूर्व दिशामा लगाउनुपर्छ । यसरी पारिजातको बिरुवा नकारात्मकता हट्छ र घरमा सुख शान्ति कायम रहन्छ । यसलाई घरको पश्चिम दिशामा पनि लगाउन सकिन्छ तर दक्षिण दिशालाई यमको दिशा मानिन्छ । त्यसैले दक्षिणमा पारिजातको बिरुवा रोप्नु अशुभ मानिन्छ ।

पारिजातलाई छोए मात्र पनि सम्पूर्ण थकान मेटिने र शरीर स्फूर्ति हुने विश्वास गरिन्छ । पारिजातका फूल फुल्ने र झर्ने स्थानको वरपर सुख शान्ति कायम रहन्छ । पारिजातको बिरुवा लगाइएका घरमा बस्ने मानिसको दीर्घायु हुनुका साथै पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

समुद्र मन्थनका बेला निस्किएका १४ रत्नमध्ये पारिजातको बोट ११ औं स्थानमा रहेको धार्मिक विश्वास छ । हरिवंश पुराणमा उल्लेख भएअनुसार पारिजातको पुष्प देवता र दानवबिच भएको समुद्र मन्थनबाट उत्पत्ति भएको थियो । पछि भगवान्‌ इन्द्रले यो वृक्षलाई इन्द्रलोक लिएर गएका थिए ।

पारीजातका औषधीय गुणः
  • पारिजातको पातमा एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । एन्टीअक्सिडेन्टले क्यान्सर, मुटुको रोग र अल्जाइमर जस्ता रोगसँग लड्न मद्दत गर्दछ ।
  • पारिजातको पातबाट तयार गरिएको हर्बल चियाले मेट्न र मनलाई शान्त राख्छ ।  यसको पातको प्रयोगले ज्वरो, खोकि र कब्जियत आदि जस्ता रोगहरुबाट राहत प्राप्त हुन्छ ।
  • १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने -आर्युवेदमा उल्लेख छ ।
  • पारिजात हड्डी भाँचिएको, छालाको रोग, पाइल्स, ज्वरो, डेंगु, मलेरिया, सुख्खा खोकी, मधुमेह, आदि विभिन्न रोगहरूको उपचारका लागि प्रयोग गरिन्छ । 
  • पारिजात महिलाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । 
  • पारिजातको बोट र पात दुवैको उत्तिकै महत्व छ । यसको ३ देखि ४ वटा पातलाई पिसेर एक गिलास पानीमा उमालेर आधा बनाइ बिहान खाली पेटमा सेवन गर्नु वाथ रोगीका लागि फाइदाजनक हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
Pin It