Commercial

सातदोबाटो नजिकै सुविधासम्पन्न अफिस स्पेशहरू भाडामा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । के तपाईं व्यवसाय सञ्चालनका लागि रिङरोड छेवैमा स्पेस खोजिरहनु भएको छ ? यदि त्यसो हो भने  महालक्ष्मीस्थान सातदोबाटो नजिकै महालक्ष्मी बिजनेस टावरमा आकर्षक अफिस स्पेस भाडामा रहेको छ । 

ललितपुरको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी बिजनेस टावर कुल २१ आना जग्गामा बनेको छ । ५३०० वर्ग फीट क्षेत्रफलमा बनेको टावरमा करिब २५ हजार वर्गफिट स्पेस रहेका छन् । जसमध्ये हाल ४ वटा तला भाडाका लागि उपलब्ध छन् ।  ‍

सातदोबाटो नजिकै सुविधासम्पन्न अफिस स्पेशहरू भाडामा

टावरको भुईं तलामा ३ हजार ३ सय वर्गफिट स्पेस उपलब्ध छ । त्यस्तै, पहिलो तलामा ४ हजार १ सय वर्गफिट, दोस्रो तलामा ४ हजार सात सय वर्गफिट र तेस्रो तलामा ३ हजार सात सय वर्गफिट स्पेस भाडाका लागि उपलब्ध छन् ।  बाँकी ३ तलामा भने निर्माण कम्पनीले नै रेष्टुरन्ट र होटल  सञ्चालन गरिरहेको छ । 

उत्तरी मोहडा भएको टावरमा पानी बत्ती र ढल निकासको राम्रो व्यवस्था गरिएको छ । त्यसबाहेक लिफ्ट, वाटरफाउन्टेन, चौबीसै घण्टा सेक्युरिटी, फायर फाइटिङ सिस्टम, लगायत अत्यावश्यक सेवा सुविधाको सहज पहुँच रहेको छ । 

सातदोबाटो नजिकै सुविधासम्पन्न अफिस स्पेशहरू भाडामा

आधुनिक वास्तुकलाले भरिपूर्ण व्यवसायिक भवन निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ ।जसले भवनलाई भुकम्प प्रतिरोधात्मक बनाएको छ । 

रिङरोडसँग जोडिएको टावरको दक्षिणमा २० फिट फराकिलो वैकल्पिक सडक समेत जोडिएको छ ।  व्यापार तथा व्यवसाय सञ्चालनका लागि निकै पायक पर्ने स्थानमा रहेको टावरमा २० भन्दा बढि गाडी र १५ वटा भन्दा बढि बाइक अट्ने बेसमेन्ट पार्किङको व्यवस्था गरिएको छ ।

सातदोबाटो नजिकै सुविधासम्पन्न अफिस स्पेशहरू भाडामा

मुख्य व्यापारिक केन्द्र नजिकै रहेको यस प्रपर्टीको स्पेस भाडा प्रतिवर्गफीट ९० रूपैयाँ तोकिएको छ । 

‘ महालक्ष्मी बिजनेस टावर’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It