News

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गको इजाजत प्राप्त ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गरेको भन्दै बैंक सुपरीवेक्षण विभागले वाणिज्य बैंकहरूलाई कारबाही गरेको हो ।

बैंकहरूले सहुलियतपूर्ण कर्जाको दुरुपयोग र राष्ट्र बैंकले तोकेको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेका कारण जरिवानामा परेका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेकाले १० लाख रुपैयाँ नगद जरिवाना गरिएको छ । 

तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) ले सहुलियपुर्ण कर्जा एकै समुहलाई पटकपटक दिएको, कर्जा नोक्सानीको व्यवस्था समेत नगरेको र राष्ट्र बैंकको निर्देशनविपरीत कर्जाको प्रिमियम तोकेको भन्दै तत्कालीन सीईओलाई सचेत गराइएको छ । 

तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक)का सीईओ अमृतचरण श्रेष्ठलाई आफ्नो अधिकारभन्दा बाहिर गएर कर्जा स्वीकृति गरेकाले ५ लाख रुपैयाँ जरिवाना तिराइएको छ । त्यतिबेला एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको थिएन । एनसीसीलाई नगाभ्दै कुमारी बैंकले पनि सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै तत्कालीन सीईओलाई पनि सचेत गराइएको छ ।

यस्तै, तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले पनि कर्जा निक्षेप अनुपात कायम नगरेपछि २ करोड ८४ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । सेञ्चुरीले साउन र भदौको सीडी रेसियो कायम गरेको थिएन । साउनको सीडी रेसियो उल्लंघन गरेको ठहर्दै नेपाल बैंकलाई १ लाख ५९ हजार रुपैयाँ जरिवाना तिराइएको छ । 

राष्ट्र बैंकले नबिल बैंकबाट पनि ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ जरिवाना लिएको छ । नबिलले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गरेको थियो ।

ग्लोबल आईएमई बैंकले भदौ र असोजको सीडी रेसियो कायम नगर्दा ४ करोड ४२ लाख जरिवाना तिर्नुपरेको छ ।कृषि विकास बैंकले भदौ महिनाको सीडी रेसियो कायम नगर्दा ६९ लाख ५८ हजार रुपैयाँ नगद जरिवानामा परेको छ ।

हिमालयन बैंकले भदौको सिडि रेसियो कायम नगर्दा ७१ लाख ७२ हजार रुपैयाँ नगद जरिवानामा परेको नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले जनाएको छ ।

कुन बैंकलाई कस्तो कारबाही विस्तृतमा

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही 

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही  ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही  ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही  ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही 

प्रतिक्रिया दिनुहोस्
Pin It