News

‘नागढुंगा सुरुङमार्गको  निर्माण अवधि ६ महिना थप्नुपर्ने’

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको नागढुङ्गा नौबिसे सुरूङमार्ग आयोजनाको काम तीव्र रुपमा भइरहेको छ । आगामी वैशाखभित्र आयोजनाको काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य थियो । यद्यपि लक्ष्यअनुसार काम हुन नसक्दा समयावधि थप गर्नुपर्ने देखिएको छ । 

हाल आयोजना अन्तर्गतको मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको निर्माण बाँकि नै छ । कोभिड सङ्क्रमणका कारण नियमित रुपमा निर्माण कार्य हुनसकेको थिएन । त्यसबाहेक काठमाडौं धादिङ तर्फका जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना बढि समय लाग्ने सक्ने निर्माण पक्षले जनाएको छ । 

आगामी साउनमा आयोजनाको सम्पूर्ण काम तथा प्रकृया सम्पन्न गर्नुपर्नेमा हाल थप अवधि नै कति हुने  टुंगो लागेको छैन, यसबारे परामर्शदाताले अध्ययन गरिरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

कुल ५ हजार ४ सय ९९ मिटरको सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ७०.२० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

हालसम्म मुख्य २ हजार ६८८ मिटर सुरुङ मध्ये हालसम्म १ हजार ७१० मिटर खनिसकिएको छ । काठमाडौंतर्फको ८३२.२० मिटर र धादिङतर्फ ८७८.८० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म १ हजार ९४८.१० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार ४५.६० मिटर र धादिङतर्फ ९०२.५० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

हालसम्म ३ हजार ६५८.१० मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ३ हजार ८५९.३० मिटरको काम सम्पन्न भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४६.२६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ । 

सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइनेछ ।

आयोजना अन्तर्गत कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ६३९.७ मिटर सुरुङ खन्न बाँकी रहेको छ ।   सुरङ निर्माणसँगै अन्य १२ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ११ संरचना सम्पन्न भइसकेका छन् । 

तीन ‘अण्डरपास’, एउटा ‘ओभर पास’, तीन पुल र चार बक्स कल्भर्ट’ सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ । सुरूङमार्गका लागि माटो खन्ने काम ७७.८ प्रतिशत र बाँध निर्माणको काम ६२.४ चार प्रतिशत सकिएको छ । 

नागढुङ्गा नौबिसे सुरुङमार्ग सम्बन्धि अघिल्ला समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It