Finance

१० वर्षको स्थिर ब्याजदरमा नबिल बैंकको घर कर्जा योजना 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यस योजना अन्तरगत बैंकले १० वर्षसम्म स्थिर ब्याजदरमा सुलभ घर कर्जाको योजना ल्याएको हो ।

आइतबार जारी गरेको विज्ञप्तिअनुसार बैंकले दुई स्थिर ब्याजदरमा ७ वर्षको लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने नीति ल्याएको छ ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर बैंकले नबिल ढुक्क घर कर्जा’ ल्याएको हो । 

नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने छ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्ने छन् । यस योजनामा ग्राहकले  दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क पाउने बैंकले जनाएको छ ।

नबिल बैंकले २० लाख भन्दाबढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It