Finance

काठमाडौं महानगरमा पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन

Pinterest LinkedIn Tumblr

काठमाडौं । आज देशभरका विभिन्न महानगरका लागि विनियोजित बजेट सार्वजनिक भएको छ । देश चरम आर्थिक सङ्कटको चपेटामा परिरहेका बेला भएको बजेट बाँडफाँड वैज्ञानिक हुन आवश्यक छ । राजधानीका महानगरहरूको बजेट विनियोजनलाई संक्षेपमा हेरौं है त,

काठमाडौं महानगरः २५ अर्ब ४१ करोड ९६ लाख

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डङ्गोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी  दिएकी हुन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

ललितपुर महानगरः ६ अर्ब ३५ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।

ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरू कम्तिमा २ वर्षसम्म खन्न स्वीकृति नदिने महानगरले लिएको छ ।

यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।

बालकुमारीमा पर्यटकीय बसपार्कः

ललितपुरको महानगरपालिकाले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार महानगरपालिकाको नीति तथा बजेटमा महानगरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने भन्दै बसपार्क सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

महानगरले विश्व सम्पदा क्षेत्रको वरिपरि हस्तकला सामग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गरिने ललितपुर महानगरले नीति तथा बजेटमा ल्याएको छ।

ललितपुर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गरिने, 

ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गर्ने भएको छ । त्यस्तै ललितपुर महानगरपालिकाले सुरक्षा चुनौती नभएका सरकारी, अर्धसरकारी कार्यालयका कम्पाउण्ड क्षेत्र पारदर्शी हुने गरी महानगरको डिजाइन मापदण्ड अनुसार ‘ट्रान्सपरेन्ट ग्रीन फेन्स’ नीतिलाई निरन्तरता दिने नीति तथा बजेटमा उल्लेख गरिएको छ ।

भक्तपुर महानगरः २ अर्ब १८ करोड ४२ लाख

भक्तपुर महानगरले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख बजेट ल्याएको छ । जसमा सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत रहेको छ । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरि आर्थिक वर्षको बजेट पेस गरिएको उनले बताइन् ।  

विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Pin It