News

समिट अपार्टमेन्टलाई कानुनी कारबाही गर्दै ललितपुर महानगर

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुर महानगरपालिकाले समिट अपार्टमेन्ट (पहिले समिट होटल) लाई कानुनी कारबाही गर्ने भएको छ । महानगरपालिकाको स्वीकृतिविना निर्माण भएको अपार्टमेन्ट वरपरको जमिन भासिएपछि महानगरले यस्तो निर्णय लिएको हो । 

ललितपुर महानगरपालिका वडा नं १ र २ मा रहेको तत्कालीन समिट होटलको स्थानमा अपार्टमेन्ट निर्माणका कारण उत्पन्न समस्या समाधान गर्न सर्वदलीय बैठक बसेको थियो । बैठकले समिट होटललाई कडा कारबाही गर्ने निर्णय गरेको छ । 

ललितपुर महानगरपालिकाबाट डिजाइन स्वीकृति नलिई उक्त अपार्टमेन्ट निर्माण भइरहेको पाइएको छ । 

यो अपार्टमेन्ट चौधरी ग्रुपका संस्थापक तथा अर्बपति विनोद चौधरी र अन्य समूहको लगानीमा बन्न लागेको हो । अपार्टमेन्टको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत नगरिएको पाइएको छ । 

अपार्टमेन्टकै कारण बखुन्डोलका चार घरमा क्षति पुगेको छ ।

ललितपुर महानगरपालिकामा आइतबार बसेको सर्वदलीय बैठकको १० नम्बरको निर्णयमा जग्गा नक्सा पास स्वीकृति नलिई निर्माण कार्य गरेको सम्बन्धमा एलएमसीका सम्बन्धित पक्षलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय भएको हो । 

प्रतिक्रिया दिनुहोस्
Pin It