News

विभिन्न ११ पालिका क्षेत्रमा घरजग्गा खरिद गर्दै नेपाल लाइफ इन्स्योरेन्स 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका ११ ठाँउमा घरजग्गा खरिद गर्न भएको छ । गत आइतबार एक सुचना प्रकाशित गर्दै कम्पनीले कार्यालय वा व्यावसायिक प्रयोजनका लागि घरजग्गा खरिद गर्न लागेको जानकारी दिएको हो । 

जग्गा बिक्री गर्न इच्छुक व्यक्ति वा संस्थालाई २१ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, क्लासिक कम्प्लेक्समा, कमलादी काठमाडौंमा प्रस्ताव दिन आह्वान गरिएको छ । 

घरसहित वा घररहित जग्गाको खरिद गर्न लागिएका महा/उप/नगरपालिका क्षेत्रहरूः

  • विराटनगर महानगरपालिका, 
  • इटहरी उप–महानगरपालिका,
  • बिर्तामोड नगरपालिका, 
  • वीरगञ्ज महानगरपालिका, 
  • जनकपुर महानगरपालिका वा बर्दिवास नगरपालिका,
  • भरतपुर महानगरपालिका, 
  • बुटवल उप–महानगरपालिका,
  • हेटौंडा उप–महानगरपालिका, 
  • धनगढी उप–महानगरपालिका, 
  • नेपालगञ्ज उप–महानगरपालिका, 
  • र वीरेन्द्रनगर नगरपालिका 

प्रस्तावित घरजग्गा कम्तीमा १० आना वा ३ हजार ४ सय २२ वर्ग फिट भएको र ८ मिटर चौडाई भएको मूल सडकमा जोडिएको हुनुपर्नेछ । साथै, घर जग्गाको कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा, घरजग्गाको स्थान खुल्ने नक्सा र सो नक्सामा जग्गाको सिमाना चिन्ह अनिवार्य रुपमा लगाई प्रस्ताव पेस गर्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It