News

घरजग्गा बजार उकालो लाग्न थाल्यो, पुष महिनाको कारोबार हालसम्मकै उच्च

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा वृद्धि हुन थालेको छ । लामो समयदेखि खस्किएको कारोबार अर्थतन्त्रमा सुधार आएसँगै पुषदेखि घरग्गा बजारमा चहलपहल बढेको देखिएको हो ।

सरकारले गत जेठमा भूउपयोग नियमावली जारी गरि तत्काल कित्ताकाट खुलाउन कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न निर्देशन दिएको थियो । यद्यपि देशभरको मासिक जग्गा कित्ताकाट बढिमा १५ हजारसम्म पनि हुन सकेको थिएन । 

हाल देशभरका करिब सय स्थानीय तहले जग्गा वर्गिकरण गर्न सफल भएका छन् । पुष महिनामा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता कायम भएको  विभागको तथ्याङ्कले देखाएको छ । जुन पछिल्लो आठ महिनामा सबैभन्दा धेरै हो । 

मंसीर महिनाको कारोबार सम्बन्धी विस्तृत जानकारीका लागि ‘यहाँ क्लिक’ गर्नुहोस् । 

जग्गाको कित्ताकाट बढेसँगै कारोबारमा पनि सुधार आएको छ । नयाँ भूउपयोग नियमावली जारी भएपछि मासिक ३० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएको थियो । तर पुष महिनामा देशभर ३८ हजार ८७१ घरजग्गा किनबेच भएका छन् । जुन चालु आर्थिक वर्षको पाँच महिना यताकै धेरै हो । 

कार्तिक महिनाको कारोबार सम्बन्धी विस्तृत जानकारीका लागि ‘यहाँ क्लिक’ गर्नुहोस् । 

पुषमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएको छ । एक महिनामा इनरुवामा १५ सय ६३ घरजग्गा किनबेच भएका छन् । यस्तै, १५ सय ४६ घरजग्गा किनबेच गराइ बाँकेको नेपालगञ्ज मालपोत कार्यालय दोस्रो बनेको छ ।

अशोज महिनाको कारोबार सम्बन्धी विस्तृत जानकारीका लागि ‘यहाँ क्लिक‘ गर्नुहोस् । 

पुषमा झापाको भद्रपुरमा ११ सय २४, मोरङको विराटनगरमा १ हजार ५७, मोरङको बोलवारीमा ११ सय ९८, धनुषाको जनकपुरधाममा १२ सय ५३, ललितपुरको लगनखेलमा एक हजार ३२, कपिलवस्तुको तौलिहवामा ११ सय ४४, दाङको घोराहीमा ९ सय ४४, धनगढीको कैलालीमा ११ सय ६५ घरजग्गा किनबेच भएका छन् । 

भदौ महिनाको कारोबार सम्बन्धी विस्तृत जानकारीका लागि ‘यहाँ क्लिक‘ गर्नुहोस् । 

राजस्व संकलन 

घरजग्गा कारोबार बढेसँगै पुस महिनामा राजश्‍व संकलन पनि वृद्धि भएको छ । देशभरका मालपोत कार्यालयबाट विभिन्‍न शिर्षकमा चार अर्ब ८१ करोड रुपैयाँ राजश्‍व उठेको पाइएको छ । जसमध्ये रजिष्ट्रेशन दस्तुरबापत करिब एक अर्ब ८० करोड, पुँजीगत लाभकर १ अर्ब १७ करोड र बाँकी अन्य शिर्षकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It