News

दुई करोड लगानीसहित तनहुँ ‘औद्योगिक ग्राम’ निर्माण हुँदै  

Pinterest LinkedIn Tumblr

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण हुने भएको छ । घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम निर्माण हुन लागेको हो ।

औद्योगिक ग्राम निर्माणका लागि गण्डकी प्रदेशले १ करोड ४० लाख र आँबुखैरेनी गाउँपालिकाले ६० लाख बजेट विनियोजन गरेका छन् ।  

स्थानीयवासी चेपाङ र भुजेलले उत्पादन गर्ने परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरि तालिमपश्चात व्यावसायिक बनाउने लक्ष्य रहेको छ । 

गाउँपालिका मातहत रहेका छ वटै वडाका करिब ६० जनालाई समेटेर सुरुमा तालिम प्रदान गर्ने योजना छ ।  

स्थानीयस्तरमा रहेका स्रोत र साधन परिचालन गर्दै रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रमा सबल बनाउने गाउँपालिकाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It