Lifestyle

घरमा तुलसीको विरूवा रोप्नै पर्ने १० कारणहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । तुलसीको बिरुवा घरमा रोप्ने र जल चढाउने प्रचलन परम्परागत रुपमा नै चलिआएको छ । धार्मिक, वैज्ञानिक र आयुर्वेदिक महत्वका हिसाबले विशेष मानिने यो बिरुवा प्रतिको मोह सबैले राख्छन् ।  वायु शुद्धिकरण क्षमता भएको औषधिजन्य  बिरुवा तुलसी घरको वातावरणमा हुनु किन आवश्यक छ त ! यसका १० फाइदाजनक गुणहरू तल उल्लेख छः

भिटामिन तथा पोषण तत्वः 

घरघरमा पुजा गरिने तुलसीको बिरुवामा विभिन्न भिटामिनयुक्त गुण हुन्छ । तुलसीको पातमा भिटामिन ‘ए’, ‘सी’, ‘के’ र फलाम, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम, फाइबरका साथै प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । तुलसीको पातमा मानव शरीरका लागि लाभदायक मानिने एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्त्वहरू हुन्छन् । 

तनावमा ह्रासः

सामान्यतया सबै किसिमका बोटबिरूवामा तनाव कम गराउने क्षमता हुन्छ । तुलसीको बिरुवाले पनि हाम्रो वरपर सकारात्मक ऊर्जा प्रवाह गर्दछ । तुलसीमा Ocimum Sides A र B जस्ता तत्त्वहरू हुन्छ जसले डोपामाइन र सेरोटोनिनको स्तरलाई सन्तुलनमा राख्ने काम गर्दछ । यी तत्वले शारीरिक कार्यहरू जस्तै metabolism,emotions लाई सन्तुलनमा राख्दछन् । मेटाबोलिजम प्रकृयाद्धारा खाना र पेय पदार्थमा क्यालोरीहरू अक्सिजनसँग मिसिन्छन् जसले शरीरलाई आवश्यक ऊर्जा दिन्छ । 

रोगप्रतिरोध क्षमतामा वृद्धिः

तुलसीमा जिकंभिटामिन ‘सी’ भरपुर मात्रामा पाइन्छ । जिकंले DNA को निर्माण, कोशिकाहरूको वृद्धि, प्रोटिन, क्षतिग्रस्त तन्तु निको पार्न, र स्वस्थ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तुलसीमा विभिन्न भाइरल रोग फैल्याउने घातक जीवाणुसँग लड्न सक्ने तत्त्व हुन्छ । यसको पातलाई पानीमा उमालेर वा चियाको रूपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्दछ । तुलसीले पेटमा हुने सूजनलाई शान्त पार्छ । 

health benifit of tulsi

तुलसीमा पाइने फाइटोकेमिकलले फोक्सो, छाला र कलेजोमा हुने क्यान्सरको जोखिम कम गर्छ । यसले पिसाबको सन्तुलनमा समेत सहयोग पुर्याउँदछ । जसले गर्दा मृगौला, पत्थरी जस्ता रोगबाट पीडितका लागि थप राहत मिल्दछ । रगतमा युरिक एसिडको स्तर कम गर्ने र एसिटिक एसिडले पत्थरीलाई शरीरबाट  निकाल्न सहज बनाउँदछ

हावाको सफाइः

शुद्धताको प्रतीक तुलसीले हाम्रो वरपरको वातावरणमा भएको दुषित हावालाई सफा गर्न मद्दत गर्दछ । यसले कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाईअक्साइड जस्ता हानिकारक ग्यासहरू हटाउँदछ । घरमा पर्याप्त सूर्यको प्रकाश पर्ने र बेलाबेलामा बाहिर सार्न मिल्नेगरी राख्नु राम्रो मानिन्छ ।

श्वासप्रश्वासको संक्रमणमा प्रतिरोधः

तुलसीका प्राय सबैजसो भागमा औषधिय गुण हुन्छ । यसमा हुने युजेनोल, क्याम्फिन र सिनेओल जस्ता तत्वहरूले खोकी, रुघाखोकी, दम र ब्रोन्काइटिससँग लड्न मद्दत गर्छ । तुलसीमा शरीरको दुखाइ कम गर्ने र माइग्रेनसँग लड्न मद्दत गर्दछ । 

किटनासक गुणः

उत्कृष्ट कीट प्रतिरोधी तुलसीको पातबाट निस्कने तेलमा लार्भिसाइडल गुण हुन्छ । यसले लामखुट्टेको लार्भालाई विकसित हुनुअघि नै मार्छ । तुलसीको सुगन्ध किराको लागि घातक हुन्छ । घरमा अन्न भण्डारण गरेर राख्दा किराहरू लाग्ने समस्याबाट छुटकारा पाउन तुलसीको सुकेको पात उपयोगी हुन्छ ।

tulsi oil

छाला तथा कपालको सुन्दरताः

कपाललाई कालो र मजबुत बनाउन तुलसीको पात उपयोगी मानिन्छ । तुलसीको पातमा उर्सोलिक नामक एसिड हुन्छ । जसले  चिल्लो पदार्थले शरिरको छालामा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरलाई कम गर्दछ । तुलसीमा पाइने फाइटोन्यूट्रिएन्ट र एन्टिअक्सिडेन्टले छालालाई यस्तो समस्याबाट छुटकारा दिलाउँछ । तुलसीको रस सेवन तथा घरेलु मास्क बनाएर पनि प्रयोग गर्नाले छालालाई कसिलो बनाउनुका साथै चाउरीपन र दाग समेत हटाउँछ । तुलसीमा पाइने एन्टिब्याक्टेरीयल, एन्टी फङ्गल गुणले डन्डीफोर हटाउँदछ । 

श्वास गन्हाउने समस्याबाट छुटकाराः 

सामान्य हर्बल टूथपेस्टमा तुलसीको प्रयोग भएको पाइन्छ । तुलसीले दाँत र गिजालाई बलियो बनाउँछ । यसले मुखमा भएको अल्सरलाई पनि कम गर्छ । तुलसीको पात चपाउँदा श्वास गन्हाउने समस्याबाट छुटकारा मिल्दछ । 

मुटु रोगका लागि फाइदाजनकः

हाम्रो शरिरमा कोलेस्ट्रोलको मात्रा बढ्दै जान थालेपछि धमनीमा बोसो जम्न थाल्छ । तुलसीमा हुने भिटामिन ‘सी’ युजेनोल जस्ता एन्टिअक्सिडेन्ट तत्त्वले मानव शरिरमा हुने फ्री रेडिकल, Lower लिपिड र कोलेस्ट्रोलसँग जस्ता हानिकारक तत्वसँग लड्ने क्षमता वृद्धि गर्दछ । नियमित रुपमा तुलसीलाई दुधमा मिलाएर सेवन गर्दा मुटुसम्बन्धी रोग, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ । 

सौभाग्य र समृद्धिमा वृद्धिः

Tulsi plant

हिन्दु परम्परा अनुसार तुलसीको नियमित पुजा गरिन्छ । भगवान विष्णुको प्रतिकका रुपमा पुजा गरिने तुलसीलाई धनकी देवी लक्ष्मीको अवतार समेत मानिन्छ । मोठ बनाएर घरमा तुलसी रोप्दा लक्ष्मी प्रसन्न हुने र धन तथा सौभाग्य प्राप्त हुने जनविश्वास छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It