Lifestyle

एसी र फ्यान बिनै घरलाई चिसो राख्न के गर्ने !

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज प्रायजसो कंक्रिटका घर हुन्छन् । ढुंगामाटो तथा काठका घरको तुलनामा यस्ता घरले निकै कम मात्रामा तापक्रम सन्तुलन गर्न सक्छन् । यस्तोमा घरको तापक्रमलाई सन्तुलन गर्न प्राय एसी, कुलर फल्स सिलिङ, काठको हार्ड वुड फ्लोरिङको प्रयोग गरिन्छ । तर यदि घरमा यस्ता प्रविधि नअपनाएको खण्डमा पनि तापक्रम कम गर्न सकिने केही उपायहरू छन् । 

१. घरको वरपर बोटबिरुवा रोप्नेः 

बिरुवाहरूले हावा शुद्ध गर्नुका साथै तापक्रम पनि अवशोषित गर्दछन् । जसले गर्दा वरपरको वातावरण  चिसो हुन्छ । झ्याल वा ढोका अगाडि बिरुवा रोप्ने र दैनिक पानी दिने गर्नाले बिरुवा हाइड्रेटेड रहन्छन् । बिरुवाले बाहिरको हावाको तातोपन  अवशोषित गर्नुका साथै घरभित्र प्रवाह हुने हावा पनि चिसो हुन्छ । यसका लागि फिचस वा विपिङ फिग ट्री, रबर प्लान्ट, पोथोस प्लान्ट, बोगनबेलिया, मनी प्लान्ट जस्ता प्लान्टहरू रोप्न सक्नुहुन्छ । 

२. विद्युतीय सामानको कम प्रयोग गर्ने 

विद्युतीय सामानहरूको प्रयोग कम गरेर पनि घरको तापक्रमलाई सन्तुलनमा राख्न सकिन्छ । हामीले दैनिक प्रयोग गर्ने विद्युतीय सामाग्रीले सुक्खा र तातो हावा फाल्ने हुँदा पनि घरभित्र तातो हावा प्रवाह हुन्छ । दिउँसोको समयमा सम्पूर्ण विद्युतीय सामानहरू बन्द गरेर राख्दा पनि धेरै हदसम्म घरको तापक्रम  सन्तुलनमा राख्न मद्दत मिल्छ । 

३. हिट रिफ्लेक्टिभ पेन्ट 

सामान्य घरको छतले ७० प्रतिशत सोलार रेडिएसन अवशोषित गर्दछ । र ३० प्रतिशत सोलर रेडियसनलाई रिफ्लेक्ट गर्दछ । तर heat Reflective paint लगाउँदा ३० प्रतिशत मात्र सोलार रेडिएसन अवशोषित गर्दछ । र ७० प्रतिशत सोलर रेडियसनलाई रिफ्लेक्ट गर्दछ । यसरी घरको तापक्रम ३ देखि ७ डिग्री कम गर्न सकिन्छ । यो पेन्ट बढि खर्चिलो लागेमा चुना र फेविकललाई मिसाएर छतमा लगाउन सक्नुहुन्छ । 

४.नाइट कुलिङ

हामी घरको झ्याल सही समयमा खोल्ने तथा बन्द गर्ने गर्दैनौं । दिउसोको समयमा झ्याल ढोका खोलेर छोड्दा दिउसोको तातो हावा घरभित्र पस्छ र घर तातो भएको महसुस हुन्छ । त्यसैले बिहान र बेलुकाको समयमा झ्याल ढोका खोलेर राख्दा चिसो हावा घरभित्र प्रवाह हुन दिनुपर्छ । जसले घरको तापक्रम कम गर्न मद्दत गर्दछ ।  

५. हलुका पर्दाको प्रयोग 

सामान्यतया गर्मी वा जाडो सबै मौसममा एउटै खालको पर्दा लगाइन्छ । तर यसले घरको तापक्रम बढाउँदछ । यसलाई कम गर्न गर्मी मौसममा घरमा गाढा रङको पर्दाको प्रयोग गर्नु हुँदैन । गाढा रङले घामलाई आकर्षित गर्दछ । जसले गर्दा कोठाभित्र गर्मीको अनुभुति हुन्छ । यसका लागि हल्का रङको सुतिको पर्दा राम्रो हुन्छ । यसले तातो घामको किरणलाई प्रतिबिम्बित गर्न मदत गर्दछ । 

६. बेसमेन्टको प्रयोगः गर्मी समयमा घरका माथिल्लो तल्लाहरू घामको किरणले तातिएका हुन्छन् । तर बेसमेन्ट गहिराइमा भएकाले घामले तात्न सक्दैन र शीतल नै रहन्छ । त्यसकारण दिउँसोको समय बेसमेन्टमा समय बिताउन पनि सकिन्छ । 

७. भिजेको तौलियाको प्रयोग

तौलिया अथवा पर्दालाई भिजाएर झ्याल ढोकामा झुन्ड्याउन सकिन्छ । यसले झ्याल ढोकाबाट आउने तातो हावालाई चिसो पार्दछ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It