News

नक्सापास नगरिएका घरको सेवा कटौती हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगरिएका घरको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औं कार्यपालिका बैठकले बिना नक्सा निर्माण भएका घरमा पानी, विद्युत्, टेलिफोन लगायत सेवाका लागि सिफारिस नदिने निर्णय गरेको हो ।

उपमहानगरपालिका भित्रका झण्डै ९० प्रतिशत भूकम्प प्रतिरोधी घर नक्सापास नगरी निर्माण गरिएको पाइएको छ ।

उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न समेत आग्रह गरेको छ । असार मसान्तभित्र घरको नक्सा पास गरि करको दायरामा आउने स्थानीयलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

उपमहानगरले पक्की घरको एक हजार रुपैयाँ, कच्ची घरको पाँच सय रुपैयाँ, अव्यवस्थित बसोबासीका लागि एक सय रुपैयाँ, भूमिहीन दलितका लागि  ५० रुपैयाँ र भूमिहीन सुकुमबासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It