News

धमाधम खाली हुँदै गाउँः रित्तै छन् ५ लाख घर

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय नेपालका ग्रामीण भेगमा मानिसको बसाइ पातलिँदै गएको छ । रोजगारीको अवसर र सेवा सुविधाको राम्रो पहुँच नहुँदा पहाडी तथा हिमाली जिल्लाका लाखौँ घरहरू रित्तिएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार नेपालका ६ प्रतिशतभन्दा धेरै घरहरू रित्ता छन् । जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये ४ लाख ७२ हजारभन्दा धेरै घर खाली पाइएका हुन् । 

कसका हुन्, खाली घरहरू ?

२०५८ सालको जनगणनामा एउटा मात्र जिल्लामा जनसङ्ख्या घटेको थियो तर २०६८ सालमा २७ जिल्लामा र २०७८ सालमा ३४ जिल्लाको जनसङ्ख्या घटेको पाइएको छ । 

मानिसहरूको बसोबास हुने ५४ लाख १६ हजार घरहरूमध्ये पाँच लाखजति खाली पाइएका हुन् । 

यी घरहरू मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यी घरहरू बसोबासका लागि योग्य भएरपनि रित्ता छन् । 

यो पनि पढ्नुहोस्ः के हो हालसाबिक ! बिना हालसाबिक जग्गा किनबेच हुन्छ?

गणकहरूले घरघर पुगी जनगणनाका गर्दा मानिस र वस्तुभाउ नभएका घरलाई रिक्त घर मानेका छन् । 

पहाडी तथा हिमाली भेगमा मौसमी अवस्थाका कारण एकभन्दा धेरै घर हुने हुँदा केही घरहरू रित्ता हुन्छन् । साथै घरैपिच्छे सक्रिय उमेर समूहका मानिसहरू विदेश पलायन हुँदा सहरतिर गएर अस्थायी बसोबास गर्नेहरू बढेका छन् । 

आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ नै त्यसको कारण भएतापनि त्यसबारे छुट्टै समीक्षा गर्न बाँकी रहेको तथ्याङ्क अधिकारीहरू बताउँछन् ।

पहाड रित्तिने क्रम बढ्ने विज्ञहरूको चेतावनी

पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेकाले त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको विज्ञहरूले जनाएका छन् । पहाडी भेगमा रोजगारी र आयको व्यवस्था गर्न नसकेमा गाउँहरू रित्तिने क्रम बढ्ने विज्ञहरूको चेतावनी छ । 

यो पनि पढ्नुहोस्ः प्लटिङ नभएको जग्गा किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोला

हाल पहाडको आर्थिक विकास र खेतीपातीको अवस्था सङ्कटमा छ । सन् २०२१ मा तनहुँ, स्याङ्जा र पर्वतमा भएको विशेष अध्ययनले झण्डै ४० प्रतिशत घरपरिवारको जग्गा बाँझो रहेको देखाएको छ । ६० प्रतिशत घर परिवार परिवारको एउटा न अर्को टुक्रा जग्गा बाँझो छ ।

बढ्दो क्रममा रहेको यस अवस्थाले ‘विकराल अवस्थाको चित्रण’ गरिरहेको छ । अब गाउँघरमा भइरहेका मानिसहरूलाई त्यहीँ राखिराख्नका त्यहा अवसरको सिर्जना र सेवा सुविधाको उपलब्धता बढाउनु पर्ने विज्ञहरू बताउँछन् । 

प्रदेश संरचनालाई बलियो बनाउन सक्दा र त्यहाँ अवसरहरू उपलब्ध गराउन सक्दा त्यसमा परिवर्तन आउन सक्ने विज्ञहरूको मत छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

 

प्रतिक्रिया दिनुहोस्
Pin It