News

अरुण तेस्रो प्रवेश मार्गः छुटेको जग्गा मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार

Pinterest LinkedIn Tumblr

काठमाडौं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्गका मुआब्जाको दर निर्धारण गरिएको छ । केही दिनअघि बसेको जिल्ला मुआब्जा दर निर्धारण समितिको बैठकले छुटेको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो । 

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बैठक बसेको थियो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवाला पक्षको छलफलपछि छ्याङकुटी–दिदिङ–पुखुवा क्षेत्रको मुआब्जा दर निर्धारण गरेको छ ।

लामो समयदेखि मुआब्जाको माग गर्दै स्थानीयले आन्दोलन गरेपछि मुआब्जा दिन छुटेका जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न  संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको थियो । 

सोही आधारमा छ्याङकुटी–दिदिङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको हो ।

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब दुई सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो ।

मुआब्जा दर निर्धारण भएसँगै बिना अवरोध अरुण तेस्रोको काम सहज रूपमा हुने अपेक्षा लिइएको छ ।

यसअघि ०४६ सालमा मुआब्जा वितरण भएको थियो । तर ०५१/५२ सालमा नापी हुँदा  लगतकट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि ०६६/६७ सालमा लगतकट्टा हुँदा छुटेका जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । 

सो सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो ।सरकारी स्वामित्वमा

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It